Kathmandu Press

१० अर्बभन्दा बढीकाे कारोबार, दर्जनाैं कम्पनीका सेयरमा सकारात्मक सर्किट

काठमाडौं, माघ २५ :  साताको पहिलो दिन सेयर बजारमा १० अर्बभन्दा बढी रकमबराबरको सेयर खरिद–बिक्री भएको छ । दुई सय दुई कम्पनीका १...
१० अर्बभन्दा बढीकाे कारोबार, दर्जनाैं कम्पनीका सेयरमा सकारात्मक सर्किट

काठमाडौं, माघ २५ :  साताको पहिलो दिन सेयर बजारमा १० अर्बभन्दा बढी रकमबराबरको सेयर खरिद–बिक्री भएको छ । दुई सय दुई कम्पनीका १ करोड ७७ लाख ३६ हजार ७३४ कित्ता सेयर १० अर्ब ४४ करोड १९ लाख ५१ हजार ३०४ रुपैयाँमा खरिद बिक्री भएको हाे ।

त्यस्तै नेप्से परिसूचकसमेत ४८.४७ अंकले बढेर २ हजार ५२४ अंकमा बन्द भएको छ ।  बैंक, विकास बैंक र म्युचुअल फन्ड उपसूचक ओरालो लागेका छन् भने हाइड्रो पावर, फाइनान्स, जीविन बिमालगायत उपसूचक उकालो लागेका छन् ।

आज नागरिक लगानीकोष, डेप्रोक्स डेभलपमेन्ट बैंक, गणपति माइक्रोफाइनान्स, मेरो माइक्रोफाइनान्सलगायत आठ कम्पनीको सेयर मूल्य १० प्रतिशले बढेको छ भने अन्य दर्जनभन्दा बढी कम्पनीको सेयर मूल्य पनि ९ प्रतिशतभन्दा बढीले बढेको छ ।

प्रकाशित मिति: १५:२९ बजे, आइतबार, माघ २५, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्