Kathmandu Press

जबर्जस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ

जबर्जस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ

सुनसरी, माघ २५ :  १७ वर्षीया किशोरीलाई जबर्जस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । सो अभियोगमा धरान उपमहानगरपालिका–७ बुद्धमार्गमा डेरा गरी बस्ने सप्तरी डाक्नेश्वरी नगरपालिका–५ का ३३ वर्षीय जितेन्द्रकुमार सदा शनिबार दिउँसो पक्राउ परेका हुन् ।

सदाले  किशोरीलाई विवाह गर्छु भनी फकाएर  माघ ९ गते जबर्जस्ती करणी गरेका थिए ।  इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

प्रहरीले सदामाथि थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: १३:४५ बजे, आइतबार, माघ २५, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्