Kathmandu Press

रामधुनीमा १५ वेडको अस्पताल : एक ठाउँमा योजना स्वीकृत, अर्को ठाउँमा सिलान्यास

सुनसरीको रामधुनी नगरपालिका ६ ढेडीगाँउमा निर्माणका लागि स्वीकृति पाएको १५ वेड क्षमताको अस्पताल स्थानीयलाई थाहै नदिइ स्तान्तरण भएको खुलेको छ।
रामधुनीमा १५ वेडको अस्पताल : एक ठाउँमा योजना स्वीकृत, अर्को ठाउँमा सिलान्यास
Hardik ivfHardik ivf

सुनसरी : सुनसरीको रामधुनी नगरपालिका ६ ढेडीगाँउमा निर्माणका लागि स्वीकृति पाएको १५ वेड क्षमताको अस्पताल स्थानीयलाई थाहै नदिइ स्तान्तरण भएको खुलेको छ।  

रामधुनी नगरपालिकाले निर्माण गर्ने भनिएको उक्त अस्पताल ढेडीगाँउबाट बकलौरी थाहै नदिइ बकलौरीमा सारिएपछि स्थानीय आक्रोशित बनेका छन्। नगरपालिकाले २०७५ कात्तिक ६ गते नै ढेडीगाँउमा अस्पताल बनाउने निर्णय गरेको थियो।  

नगरपालिकाले कित्ता नम्बर ८३ को ५ विघा ९ कठ्ठा १० धुर जग्गा मध्येबाट तीन विघामा अस्पताल बनाउने निर्णय गरेको थियो। नगरपालिकाको सोही निर्णय अनुसार आवश्यक कागजात, नक्सा स्वास्थ्य मन्त्रालयमा पठाइएको थियो। तत्कालिन स्वास्थ्य मन्त्री उपेन्द्र यादवको पालामा अस्पताल निर्माणका लागि मन्त्रालयले स्विकृति समेत दिएको थियो।

तर सहरी विकास तथा भवन विभाग विराटनगरले आयोजना स्थल सुटुक्क परिवर्तन गरिदिएको छ। अस्पताल निार्माणको योजना मन्त्रालयबाट स्विकृत भइसकेपछि आयोजना स्थल सारिएको हो। बक्लौरी स्वास्थ्य चौकीलाई नै स्तरोन्नती गरी अस्पताल बनाउने योजना अघि सरेपछि स्थानीय आक्रोशित बनेका छन्।
स्थानीय संघ संस्था, राजनीतिक दलले बक्लौरी स्वास्थ्य चौकी स्तरोन्नती गरेर १५ वेड क्षमतको अस्पताल बनाउन आवश्यक मापदण्ड नपुग्ने बताउँदै आएका छन्। बक्लौरी स्वास्थ्यचौकीसँग १२ कठ्ठा साढे १७ धुर जग्गा छ।१५ बेडको अस्प्ताल बनाउन १३ कट्ठा १० धुर जग्गा चाहिने मापदण्ड छ।

अहिले रामधुनी नगरपालिकाको जनसंख्या ३० हजारभन्दा बढी रहेकाले जग्गा अपुग भएकाले सो स्वास्थ्य चौकीलाई पुनः स्तरोन्नति गर्न नसकिने स्थानीयले बताउँदै आएका छन्।

 

प्रकाशित मिति: २०:०८ बजे, बिहीबार, माघ २२, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्