Kathmandu Press

साप्ताहिक शेयर विश्लेषण : निर्जीवन बीमाका लगानीकर्ता सातैभरी फाइदामा

साप्ताहिक शेयर विश्लेषण : निर्जीवन बीमाका लगानीकर्ता सातैभरी फाइदामा

काठमाडौं, माघ १७ : यो साता नेप्से परिसूचक ५० दशमलव ६५ अंंकले वृद्धि भएको छ। नेप्से परिसूचक अघिल्लो साताको अन्तिम कारोबार दिन २३७४ दशमलव ६४ को विन्दुमा बन्द भएकोमा यो सातासम्म आउँदा नेप्से परिसूचक २४२५ दशमलव २९ को विन्दुमा बन्द भएको छ । यो साता पाँच दिन नै शेयर कारोबार भएको थियो।

उपसूचकबारे कुरा गर्दा यो साता निर्जीवन बीमा उपसुचकका शेयरधनीले राम्रो कमाएका छन्।  निर्जीवन बीमा उपसुचकमा ९ दशमलब ४० प्रतिशतको वृद्धि आउँदा दोस्रोमा जीवन बीमा उपसुचकमा ६ दशमलव २२ प्रतिशतको वृद्धि देखिएको छ। यो साता बिकास बैंक उपसुचकमा ३ दशमलब ०९ प्रतिशतको सर्वाधिक गिरावट रहेको छ। 

यो साता नेपाल लाइफ इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ। नेपाल लाइफ इन्स्योरेन्सको ४ अर्ब २३ करोडको शेयर कारोबार हुँदा दोस्रोमा नेपाल बैंक लिमिटेड कम्पनीको १ अर्ब ३६ करोडको शेयर कारोबार भएको छ । त्यस्तै नेपाल पुनर्बीमा कम्पनीको यो साता १ अर्ब २३ करोडको शेयर कारोवार भएको छ ।  

साताको प्राविधिक विश्लेषण

खुल्ला बिन्दुः २३९६.७५ 

उच्च बिन्दुः २४६३.५८ 

न्यून बिन्दुः २३९६.४९ 

अन्तिम बिन्दुः २४२५.२९
प्रतिरोध २ः २५००

प्रतिरोध १ः २४६४ 

टेवा १ः २४००  

टेवा २ः २३५० 

चित्र नं १ : नेप्से साप्ताहिक मैनबत्ती प्रवृत्ति 


चित्र नं १ मा साप्ताहिक मैनबत्ती बिश्लेषण अनुसार यो बजारले माथिल्लो गतिशील प्रतिरोध क्षेत्रलाई तोढेको देखिन्छ। यो साताको मैनबत्तीले बजारमा क्रेताको चाप केहि कमजोर भएको संकत गरेको छ। 

चित्र नं २ : नेप्से दैनिक मैनबत्ती प्रवृत्ति

चित्र नं.२ मा, दैनिक मैनबत्ती प्रवृत्ति देखाईएको छ। यसले यो साता, बजार २४०० र २४६५ को क्षेत्रभित्र उतारचढाब भएको जनाएको छ। यसले बजारमा लगानीकर्ताहरु अन्योल अवस्थामा रहेको संकेत गर्दछ। अन्तिम दिनको परिमाणले खरिदकर्ताभन्दा पनि विक्रीकर्ताको चाप रहेको जनाएको छ। 

चित्र नं ३ : नेप्से एक घण्टाको मैनबत्ती प्रवृत्ति

चित्र नं.३ मा, एक घण्टा मैनबत्ती प्रवृत्ति देखाईएको छ। यसको प्रवृत्तिले बजार हाल प्रवृत्तिहिन र अन्योल अवस्थामा रहेको संकेत गरेको छ। 
समग्रमा हेर्दा यदि बजार २३६५ भन्दा माथि स्थिर रहन सके बजार अझ केहि सकारात्मक हुन सक्ने सम्भावना रहेको देखिन्छ र अर्को तत्कालिन प्रतिरोध २५०० को क्षेत्रमा रहेको देखिन्छ। त्यस्तै गरि यदि बजार २४०० भन्दा तल स्थिर रहेमा बजार अझ केहि सच्चिन सक्ने गर्दछ। 

 

प्रकाशित मिति: १८:५९ बजे, शनिबार, माघ १७, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्