Kathmandu Press

चोरीमा संलग्नसहित तीन पक्राउ

सुरूङ्गा, माघ १६ : इलाका प्रहरी कार्यालय अनारमनीले चोरीमा संलग्न रहेका आरोपमा एक व्यक्तिलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा अर्जुनधारा नगरपालिका–४ निवासी ४१...
चोरीमा संलग्नसहित तीन पक्राउ

सुरूङ्गा, माघ १६ : इलाका प्रहरी कार्यालय अनारमनीले चोरीमा संलग्न रहेका आरोपमा एक व्यक्तिलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा अर्जुनधारा नगरपालिका–४ निवासी ४१ वर्षीय विक्रम दनुवार रहेका छन्। उनका साथबाट प्रहरीले एक लाख ४८ हजार ६६५ रुपैयाँ र भारु एक हजार ५०० समेत बरामद गरेको छ। 

अर्जुनधारा–५ लक्ष्मीपुरका गजेन्द्र कटुवालले सञ्चालन गरेको किराना पसलबाट पैसा चोरी गरेका आरोपमा प्रहरीले दनुवारलाई पक्राउ गरेको हो। गए राति  उनले पसलबाट पैसा चोरी गरेको र सिसीटिभी फुटेजका आधारमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिए।  

यसैबीच प्रतिबन्धित लागुऔषध ब्राउनसुगरसहित दुई भारतीय पक्राउ परेका छन्। पक्राउ पर्नेमा भारत किसनगञ्ज धनतोला पञ्चायत–१ महमारी खरुवानटोल थाना दिगल बैंक निवासी २२ वर्षीय अहमद हुसेन र सोही ठाउँका २६ वर्षीय महमद जमसेह  छन्। झापा गाउँपालिका–४ स्थित सुकुम्बासी टोलमा प्रहरी चौकी टाघनडुब्बाबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई ९८० मिलीग्राम ब्राउनसुगरसहित पक्राउ गरेको हो।

प्रकाशित मिति: १२:०३ बजे, शुक्रबार, माघ १६, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्