Kathmandu Press

स्वावलम्बन लघुवित्तको ४ लाख ५० हजार रुपैयाँ लुटपाट

 स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको ४ लाख ५० हजार रुपैयाँ लुटपाट भएको छ ।  नम्बर नखुलेको मोटरसाइकलमा आएका ३ जना अपरिचित व्यक्तिहरुले  बुधबार दिउँसो संस्थाका कर्मचारीबाट  ४ लाख ५० हजार रुपैयाँ लुटपाट गरेका हुन् । 
स्वावलम्बन लघुवित्तको ४ लाख ५० हजार रुपैयाँ लुटपाट
Hardik ivfHardik ivf

महोत्तरी, माघ १५ :  स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको ४ लाख ५० हजार रुपैयाँ लुटपाट भएको छ ।  नम्बर नखुलेको मोटरसाइकलमा आएका ३ जना अपरिचित व्यक्तिहरुले  बुधबार दिउँसो संस्थाका कर्मचारीबाट  ४ लाख ५० हजार रुपैयाँ लुटपाट गरेका हुन् । 

स्वावलम्बन लघुवित्त वित्तीय संस्थाका कर्मचारी सिरहा लहान नगरपालिका–१४ बस्तीपुर बस्ने भागवत यादव  संस्थाको मासिक किस्ता उठाई ज८प १०२६ नम्बरको मोटरसाइकलमा सितापुरतर्फ जाँदै थिए ।  सोही बेला अपरिचित व्यक्तिले रकम लुटपाट गरेका हुन् । लुटपाटमा संलग्नको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: १२:५७ बजे, बिहीबार, माघ १५, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्