Kathmandu Press

प्रतिनिधिसभा विघटनविरुद्धको  बहसका लागि १०–१५ मिनेट समय निर्धारण 

‘पाँच वटा रिट निवेदकका तर्फबाट बहस गर्न अझै बाँकी छ,’ प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले भने, ‘१० देखि १५ मिनेटमा बहस सक्नुस्, त्योभन्दा बढ्ता हठ नर्गनुस् है, समयमै सक्नुपर्छ ।’
प्रतिनिधिसभा विघटनविरुद्धको  बहसका लागि १०–१५ मिनेट समय निर्धारण 

प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिट निवेदनमा वरिष्ठ अधिवक्ता वा अधिवक्ताले अब १० देखि १५ मिनेटमा बहस सक्नुपर्ने भएको छ ।

सर्वोच्च अदालतको संवैधानिक इजलासमा १०औं दिनको सुनुवाइ चलिरहेको र उक्त विवादमा सुनुवाइ लम्बिँदै गएपछि इजलासले समयमा थप कडाइ गर्दै १० देखि १५ मिनेटमा आफ्नो बहस सक्न समय निर्धारण गरेको छ ।     
     
‘पाँच वटा रिट निवेदकका तर्फबाट बहस गर्न अझै बाँकी छ,’ प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले भने, ‘१० देखि १५ मिनेटमा बहस सक्नुस्, त्योभन्दा बढ्ता हठ नर्गनुस् है, समयमै सक्नुपर्छ ।’

उनले इजलासले समय नै तोकेर कडाइ गर्दा अप्रियजस्तो लागे पनि त्यस्तो नसोच्नसमेत आग्रह गर्दै भने, ‘हाम्रो शब्द वरिष्ठज्यूहरु, कानून व्यवसायीलाई प्रिय लागोस् है, प्रिय मान्दिनुस्, अप्रिय नमान्नुस् ।’

यसअघि पनि इजलासबाटै प्रधानन्यायाधीश राणाले बहस सुन्दासुन्दा आम नागरिकलाई पट्यार लागिसकेको उल्लेख गर्दै भनेका थिए, ‘समयलाई ध्यान दिनुस्, आम नागरिकलाई बहस सुन्दासुन्दा पट्यार लागिसक्यो, हामीलाई त केही छैन ।’     

प्रकाशित मिति: १९:०९ बजे, बुधबार, माघ १४, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्