Kathmandu Press

पार्टी एकता गराएरै छाड्छु : गौतम    

उनले भने, ‘पार्टी व्यावहारिक र राजनीतिक रुपमा फुटे पनि कानूनी रुपमा अझै फुटेको छैन, त्यसैले एकीकृत अभियानमा लाग्नुपर्छ ।’     
पार्टी एकता गराएरै छाड्छु : गौतम    

ललितपुर,  माघ १४ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले पार्टी एकता गर्ने बताएका छन् ।

पार्टी एकता राष्ट्रिय अभियान घोषणामा आज नेता गौतमले पार्टी विभाजन हुँदा थुप्रै समस्या उत्पन्न हुने उल्लेख गरे ।  उनले भने, ‘पार्टी व्यावहारिक र राजनीतिक रुपमा फुटे पनि कानूनी रुपमा अझै फुटेको छैन, त्यसैले एकीकृत अभियानमा लाग्नुपर्छ ।’     
     
नेकपाका शीर्ष नेता तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका नेता दाहालले पार्टीलाई चिराचिरा पार्न खोजेको उनको आरोप छ । अहिले नेकपामा भइरहेको विवादका कारण एकथरीका नेता ‘हामी निर्वाचन हुन दिन्नौँ’ र अर्को थरीका नेता ‘हामी निर्वाचनमा बहुमत ल्याएरै छाड्छौँ’ भनेर हिँड्नु उचित नभएको गौतमले तर्क गरे ।
     
आजभोलि नेकपा पार्टीभित्र भएको आरोपप्रत्यारोपका कारण जताततै गालीगलौज र आलोचना मात्रै सुनिने गरेकामा उनले गुनासो गरे । नेकपा पार्टीभित्र सबै शीर्ष नेतासँगै बसेर एक कप चिया खाने र नमस्कार गर्ने वातावरणसमेत हराइरहेको भनी उपाध्यक्ष गौतमले यस नगर्न अनुरोध गरे ।     
 

प्रकाशित मिति: १८:४३ बजे, बुधबार, माघ १४, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्