Kathmandu Press

घिमिरे र जोशीको तस्बिर अंकित हुलाक टिकट प्रकाशन गर्ने सरकारको निर्णय

नेपाल सरकारले शताब्दी पुरुष सत्यमोहन जोशी  र राष्ट्रकवि माधवप्रसाद घिमिरेको तस्बिर अंकित हुलाक टिकट प्रकाशनका लागि स्वीकृति दिने  निर्णय गरेको छ ।
घिमिरे र जोशीको तस्बिर अंकित हुलाक टिकट प्रकाशन गर्ने सरकारको निर्णय

काठमाडौं, माघ १४ :  नेपाल सरकारले शताब्दी पुरुष सत्यमोहन जोशी  र राष्ट्रकवि माधवप्रसाद घिमिरेको तस्बिर अंकित हुलाक टिकट प्रकाशनका लागि स्वीकृति दिने  निर्णय गरेको छ ।  माघ ११ गते आइतबार बसेको मन्त्रिपरिषद् बैठकले जोशी र घिमिरेको तस्बिर अंकित हुलाक टिकट प्रकाशनका लागि स्वीकृति दिने निर्णय गरेको हो । 

सञ्चार तथा सूचना प्रविधिमन्त्री  पार्वत गुरुङले  मन्त्रिपरिषद् बैठकका निर्णय  सार्वजनिक गर्दै हुलाक टिकट प्रकाशन गर्ने जानकारी गराएका हुन् । उनले भने, ‘वाङ्मय शतादी पुरुष डा. सत्यमोहन जोशी र राष्ट्र कवि  माधवप्रसाद घिमिरेको तस्बिर अंकत छपाई भई आएको हुलाक टिकट प्रकाशन गर्न स्वीकृति दिने निर्णय भएको छ ।'

प्रकाशित मिति: १८:२२ बजे, बुधबार, माघ १४, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्