Kathmandu Press

बालिकालाई बिक्री गर्न लैजाँदै गरेको अवस्थामा एक जना पक्राउ

६ वर्षीया बालिकालाई भारततर्फ बिक्री गर्न लैजाँदै गरेको अवस्थामा जनकपुर उपमहानगरपालिका–१२ का ३५ वर्षीय मनोज महतो मंगलबार दिउँसो पक्राउ परेका हुन् ।
बालिकालाई बिक्री गर्न लैजाँदै गरेको अवस्थामा एक जना पक्राउ
Hardik ivfHardik ivf

धनुषा, माघ १४ : बालिकालाई बिक्री गर्न लैजाँदै गरेको अवस्थामा एक जना पक्राउ परेका छन् ।  ६ वर्षीया बालिकालाई भारततर्फ बिक्री गर्न लैजाँदै गरेको अवस्थामा जनकपुर उपमहानगरपालिका–१२ का ३५ वर्षीय मनोज महतो मंगलबार दिउँसो पक्राउ परेका हुन् ।

महतोले बालिकालाई बेचबिखन गर्न लगेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी जटहीबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा नगराईन नगरपालिका–२ स्थित सडकबाट फेला पारी पक्राउ गरेको हो ।     

महतोउपर मानव बेचबिखन तथा ओसारपसार मुद्दामा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । 
 

प्रकाशित मिति: १६:४५ बजे, बुधबार, माघ १४, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्