Kathmandu Press

सिन्धुलीगढी दरबारको पुनर्निर्माण पुरानै ढाँचामा हुने

 ऐतिहासिक सिन्धुलीगढी दरबारको पुनर्निर्माण हुने भएको छ ।  कमलामाई नगरपालिका र पर्यटन विकास आयोजना बाग्मती प्रदेशको संयुक्त पहलमा ऐतिहासिक सिन्धुलीगढी दरबारको पुनर्निर्माण हुने भएको हो ।
सिन्धुलीगढी दरबारको पुनर्निर्माण पुरानै ढाँचामा हुने
Hardik ivfHardik ivf

काठमाडौं, माघ १४ : ऐतिहासिक सिन्धुलीगढी दरबारको पुनर्निर्माण हुने भएको छ ।  कमलामाई नगरपालिका र पर्यटन विकास आयोजना बाग्मती प्रदेशको संयुक्त पहलमा ऐतिहासिक सिन्धुलीगढी दरबारको पुनर्निर्माण हुने भएको हो ।

सिन्धुलीगढी दरबारको पुनर्निर्माण पुरानै ढाँचामा र पुरातात्विक महत्त्वलाई समेत हुबहु अवलम्बन गरेर हुने भएको छ । कमलामाई नगरपालिकाले सिन्धुलीगढी क्षेत्रलाई अन्तर्राष्ट्रिय गन्तव्यका रुपमा विकास गर्ने अठोटलाई सिन्धुलीगढी दरबारको (रानी दरबारको) पुनर्निर्माणले थप सहयोग पुग्नेछ । 

दरबारको निर्माण जिम्मेवारी श्री लुल्सी/एरिसा जेभी भक्तपुरले पाएको छ । दरबारको पुनर्निर्माण २०७९ जेठ १६ भित्र सम्पन्न हुनेछ । 

प्रकाशित मिति: १४:४५ बजे, बुधबार, माघ १४, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्