Kathmandu Press

केन्द्रीय समितिको निर्णय मिडियाले बंग्याएको भन्दै कांग्रेसले जारी गर्‍याे प्रस्टीकरण नोट

नेपाली कांग्रेसले मंगलबार बसेको केन्द्रीय कार्यसमिति बैठकमा भएका निर्णय सर्वसम्मतले भए पनि केही सञ्चार माध्यमले त्यसलाई बंग्यएर समाचार प्रकाशित गरेको भन्दै थप स्पष्ट पारेको छ। 
केन्द्रीय समितिको निर्णय मिडियाले बंग्याएको भन्दै कांग्रेसले जारी गर्‍याे प्रस्टीकरण नोट

काठमाडौं, माघ १४ : नेपाली कांग्रेसले मंगलबार बसेको केन्द्रीय कार्यसमिति बैठकमा भएका निर्णय सर्वसम्मतले भए पनि केही सञ्चार माध्यमले त्यसलाई बंग्यएर समाचार प्रकाशित गरेको भन्दै थप स्पष्ट पारेको छ। 

बुधबार कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्ण पौडेलले विज्ञप्ति जारी गर्दै विद्यामान सन्दर्भ र आन्दोलनबारे विवाद रहेको भ्रमपूर्ण समाचार प्रकाशित भएको हुँदा त्यसलाई स्पष्ट पार्न प्रेस नोट प्रकाशित गरिएको जनाएको छ।  ‘संसद् विघटनको असंवैधानिक, अलोकतान्त्रिक र सर्वसत्तावाद उन्मुख कदमविरुद्ध नेपाली कांग्रेस निरन्तर आन्दोलनमा छ । कतिपय सञ्चार माध्यममा नेपाली कांग्रेसभित्र विद्यमान सन्दर्भ र आन्दोलनबारे विवाद रहेको भ्रमपूर्ण समाचार प्रकाशित भएको हुँदा त्यसलाई स्पष्ट गर्न यो प्रेस नोट प्रकाशित गरिएको छ,’ विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्तिमा हिजोका केन्द्रीय समितिमा पनि पार्टी सभापति शेरबहादुर देउवाको निर्देशनमा महामन्त्री पूर्णबहादुर खड्काले आन्दोलनको प्रस्ताव गरेको जनाइएको छ।

‘संसद् विघटनपछि पुस १३, पुस २५, माघ ३ र माघ ८ गते संघीय निर्वाचन क्षेत्रदेखि वडा तहसम्म गरिएका प्रदर्शनहरु सभापति शेरबहादुर देउवाको निर्देशनमा महामन्त्री पूर्णबहादुर खड्काले केन्द्रीय कार्यसमितिको बैठकमा प्रस्तुत गरेर सर्वसम्मतिले बैठकबाट पारित भएर सम्पन्न गरिएका हुन्,’ विज्ञप्तिमा भनिएको छ,  ‘माघ १३ गते केन्द्रीय कार्यसमितिको बैठकमा आन्दोलनको अर्को चरणको कार्यक्रम पनि त्यसरी नै सभापति देउवाको निर्देशनमा महामन्त्री खड्काले प्रस्तुत गर्नु भएर बैठकले सर्वसम्मतिले नै पारित गरेको छ ।’

प्रकाशित मिति: १४:०८ बजे, बुधबार, माघ १४, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्