Kathmandu Press

बेलायतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या एक लाख नाघ्यो 

काठमाडौं, माघ १४ : बेलायतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या एक लाख नाघेको छ । पछिल्लो तथ्यांकअनुसार एकै दिनमा एक हजार ६...
बेलायतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या एक लाख नाघ्यो 

काठमाडौं, माघ १४ : बेलायतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या एक लाख नाघेको छ । पछिल्लो तथ्यांकअनुसार एकै दिनमा एक हजार ६ सय ३१ जना संक्रमितको मृत्यु भएसँगै मृतक संख्या एक लाख नाघेको हो ।

बेलायतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या एक लाख १६२ पुगेको बल्डोमिर्टसले छ । युरोपियन मुलुकमा मृतक संख्या एक लाख बढी हुनेमा बेलायत पहिलो मुलुक बनेको हो । यहाँ पछिल्लो २४ घन्टामा २० हजारभन्दा बढी नयाँ संक्रमित थपिएका छन् ।

यो सँगै बेलायतमा कोरोना संक्रमितको संख्या ३६ लाख ८९ हजार ७४६ पुगेको छ । बेलायतका अस्पतालहरुमा हाल ३७ हजार भन्दा बढी संक्रमित भर्ना भएका छन् भने चार हजार भन्दा बढीको भेन्टिलेटर बेडमा उपचार भइरहेको छ ।

यसैबीच प्रधानमन्त्री बोरिस जोनसनले सरकारले जारी गरेको लकडाउनलाई पूर्णरुपमा पालना गर्न आग्रह गरेका छन् । 

प्रकाशित मिति: ०८:१९ बजे, बुधबार, माघ १४, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्