Kathmandu Press

दक्षिणपूर्वी एसियामा ‘पोस्ट कोभिड’ रोजगारी

यस वर्ष दक्षिणपूर्वी एसियामा स्वास्थ्य, शिक्षा र डिजिटल सेवामा रोजगारीको माग उच्च छ । सोसल नेटवर्किङ सर्भिस ‘लिंकटिन’ले गत मंगलबार प्रकाशित गरेको रिपोर्ट...
दक्षिणपूर्वी एसियामा ‘पोस्ट कोभिड’ रोजगारी
Hardik ivfHardik ivf

यस वर्ष दक्षिणपूर्वी एसियामा स्वास्थ्य, शिक्षा र डिजिटल सेवामा रोजगारीको माग उच्च छ । सोसल नेटवर्किङ सर्भिस ‘लिंकटिन’ले गत मंगलबार प्रकाशित गरेको रिपोर्ट ‘जब्स अन द राइज’ अनुसार सन् २०२१ का लागि चिकित्सा, शिक्षक र रचनात्मक पेशामा रोजगारीको माग उच्च देखिएको हो ।

रिपोर्टअनुसार तथ्यांक विश्लेषक, प्राविधिक क्षेत्रका विशेषज्ञ र इन्जियरको माग उच्च देखिएको छ । कोभिड–१९ महामारीका कारण रोजगारी परिदृश्यमा परिवर्तन आएको एसिया–प्रशान्त क्षेत्रका लागि लिंकटिनको ट्यालेन्ट एन्ड लर्निङ सोलुसन सम्बन्धी उपाध्यक्ष फियोन आङको निष्कर्ष छ ।

यो रिपोर्ट तयार पार्न सन् २०२० मा सूचीकृत रोजगारीका १५ हजारभन्दा बढी शीर्षकको विश्लेषण गरिएको थियो । जसलाई अघिल्लो वर्षको तथ्यांकसँग तुलना गरिएको थियो । र, तीमध्ये १५ वटा मुख्य रोजगारी ट्रेन्ड विश्लेषण गरिएको थियो । त्यसका लागि अमेरिकासहित विश्वभरको ट्रेन्ड हेरिएको थियो ।

उपाध्यक्ष आङका अनुसार स्वास्थ्यकर्मी माग बढ्दो देखिएको जानकारी दिइन् । यसमा चिकित्सक, नर्स, सामाजिक कार्यकर्ता र मनोपरामर्शदाता पनि समावेश छन् । कोभिड–१९ महामारीका कारण संसारभर अनलाइन सपिङको ट्रेन्ड देखिएको छ । सोही कारण व्यापारिक कम्पनीहरू अनलाइन खरिद–बिक्रीमा आफूलाई रूपान्तरित गर्ने प्रयासमा छन् । र, त्यसले साइबर सुरक्षा विशेषज्ञको माग पनि बढाएको छ ।

आङको भनाइमा रोजगारी खोज्नेहरूका लागि बजारमा विभिन्न सीप र अनुभवका अवसर प्रशस्त छन्। ‘आफ्नो रोजगारी परिवर्तन गर्न चाहने या नयाँ काम खोज्नेका लागि पनि ठूलो अवसर छ,’ उनी भन्छिन्, ‘अनलाइनमार्फत नयाँ काम सिक्ने पद्धति एक उदाहरण हो।’

लिंकटिनको रिपोर्टअनुसार सन् २०२१ का लागि १५ ठूला अवसर यस्ता छन् :

(१) डिजिटल क्षेत्र

आवश्यकता :  सम्पादक, कपी राइटर, पोडकास्टर, युट्युब सामग्री निर्माता, भिडियो सम्पादक

आवश्यक सीप : सार्वजनिक बाचन, प्रुफ रिडिङ, भिडियो सम्पादन, एडब प्रिमियर प्रो सफ्टवेयर तालिम, रचनात्मक लेखन

रोजगारी माग भएका सहर : जाकार्ता (इन्डोनेसिया), क्वालालम्पुर (मलेसिया), मनिला (फिलिपिन्स), बैंकक (थाइल्यान्ड), सिंगापुर

(२) तथ्यांक विश्लेषक

आवश्यक : व्यवसाय परिचालन विश्लेषक, व्यापार विकास विश्लेषक, तथ्यांक विश्लेषक

आवश्यक सीप : तथ्यांक विश्लेषण, तथ्यांक भिजुलाइजेसन, विश्लेषण क्षमता, डाटाबेस एसक्यूएल प्रोग्रामिङ, भाषाको ज्ञान, अन्य आवश्यक विश्लेषण कला

रोजगारी माग भएका सहर : जाकार्ता (इन्डोनेसिया), बैंकक (थाइल्यान्ड), चाचोएन्साओ (थाइल्यान्ड), उत्तरी सुमात्रा (इन्डोनेसिया)

(३) सफ्टवेयर र प्रविधि
आवश्यकता : वेब डेभेलपर, सिस्टम एनालिस्ट, मोबाइल एप्लिकेसन डेभेलपर, फुल स्ट्याक इन्जिनियर, फ्रन्ट–इन्ड डेभेलपर, डेभअप्स परामर्शदाता, जसले सफ्टवेयर डेभेलपमेन्ट र आईटी अपरेसन व्यवस्थापन गर्छ ।

आवश्यक सीप : जाभास्क्रिप्ट, वेब डेभेलपमेन्ट, अमेजन वेब सर्भिस (एडब्ल्लूएस), माईएसक्यूएल र एचटीएमएलबारे ज्ञान

रोजगारी माग भएका सहर : बैंकक, क्वालालम्पुर, चियाङ माई (थाइल्यान्ड) र सिंगापुर

(४) वित्तीय र बीमा

आवश्यकता : वित्तीय सल्लाहकार, लेखापाल, वित्तीय योजनाकार, वित्त विशेषज्ञ, बीमा एजेन्ट

आवश्यक सीप : वित्तीय योजना, बीमा, जोखिम व्यवस्थापन, वित्तीय विश्लेषण, लेखा

रोजगारी माग भएका सहर : जाकार्ता, बैंकक, मनिला, क्वालालम्पुर, सिंगापुर

(५) शिक्षक

आवश्यकता : उच्च माध्यमिक तहको अंग्रेजी शिक्षक, चिनियाँ शिक्षक, शैक्षिक वक्ता, सूचना प्रविधि शिक्षक, गणित शिक्षक

आवश्यक सीप : शैक्षिक नेतृत्व, पाठ्यक्रम विकास, भाषा शिक्षण, दोस्रो भाषाको रूपमा अंग्रेजी, शिक्षण कला

रोजगारी माग भएका सहर : पश्चिम जाभा प्रान्त (इन्डोनेसिया), मनिला, समुट सोङख्राम (थाइल्यान्ड), बैंकक

(६) डिजिटल मार्केटिङ

आवश्यकता : सामाजिक सञ्जाल प्रबन्धक, डिजिटल मार्केटिङ विशेषज्ञ, सामाजिक सञ्जाल मार्केटिङ विशेषज्ञ, मार्केटिङ विश्लेषक

आवश्यक सीप : सामाजिक सञ्जाल मार्केटिङ, कपी राइटिङ, गुगल एनालिटिक्स, नेतृत्व उत्पादन, डिजिटल मार्केटिङ

रोजगारी माग भएका सहर : जाकार्ता, क्वालालम्पुर, मनिला, बैंकक, सिंगापुर

(७) ई–कमर्स

आवश्यकता :अनलाइन विशेषज्ञ, ई–कमर्स कोअर्डिनेटर

आवश्यक सीप : अनलाइन मार्केटिङ, ई–कमर्स, वेब ट्राफिक व्यवस्थापनका लागि सर्च इन्जिन अप्टिमाइजेसन (एसईओ)

रोजगारी माग भएका सहर : क्वालालम्पुर, मनिला, जाकार्ता, सिंगापुर

(८) बिजनेस डेभेलपमेन्ट र सेल्स

आवश्यकता : सेल्स विशेषज्ञ, अकाउन्ट म्यानेजर, अकाउन्ट एक्जिक्युटिभ, बिजनेस डेभेलपमेन्ट विशेषज्ञ

आवश्यक सीप : नेगोसिएसन, अकाउन्ट म्यानेजमेन्ट, बिजनेस डेभेलपमेन्ट, बिजनेस प्लानिङ, नेतृत्व क्षमता

रोजगारी माग भएका सहर : जाकार्ता, क्वालालम्पुर, मनिला, बैंकक, सिंगापुर

(९) हेल्थ केयर, मेडिकल सपोर्ट

आवश्यकता : मेडिकल टेक्नोलोजिस्ट, फार्मेसी सहायक, स्वास्थ्य सहायक, चिकित्सा अधिकारी, विशेषज्ञ चिकित्सक

आवश्यक सीप : स्वास्थ्य सेवा, चिकित्सा सहायता, फर्मास्युटिकल्स, चिकित्सा शिक्षा, क्लिनिकल अनुसन्धान

रोजगारी माग भएका सहर : क्वालालम्पुर, मनिला, बैंकक, सिंगापुर

(१०) ग्राहक सेवा

आवश्यकता :  ग्राहक सेवा कार्यकारी, ग्राहक सहायता विशेषज्ञ, सम्पर्क केन्द्र विशेषज्ञ

आवश्यक सीप : सम्पर्क केन्द्रमा ग्राहक सेवा, ग्राहक सहायता, टोलीको नेतृत्व

रोजगारी माग भएका सहर : जाकार्ता, क्वालालम्पुर, मनिला, सिंगापुर

(११) हेल्थ केयर, मेडिकल फ्रन्टलाइन

आवश्यकता : मेडिकल डाक्टर, जनरल प्राक्टिसनर, मेडिकल अफिसर, नर्स, प्यारामेडिक

आवश्यक सीप : नर्सिङ, औषधि, हेल्थ केयर, बेसिक लाइफ सपोर्ट (बीएलएस), आपतकालीन चिकित्सा

रोजगारी माग भएका सहर : क्वालालम्पुर, रियाउ आइल्यान्ड (इन्डोनेसिया) सिंगापुर

(१२) साइबर सुरक्षा

आवश्यकता : साइबर सुरक्षा विश्लेषक, साइबर सुरक्षा सल्लाहकार, सूचना सुरक्षा विशेषज्ञ

आवश्यक सीप : पेनिट्रेसन टेस्टिङ, सूचना सुरक्षा, सुरक्षा सूचना र इभेन्ट म्यानेजमेन्ट, साइबर सुरक्षा

रोजगारी माग भएका सहर : क्वालालम्पुर, सिंगापुर

(१३) सप्लाई चेन

आवश्यकता : वितरक, लजिस्टिक सुपरभाइजर, अपरेसनल विशेषज्ञ, लजिस्टिक म्यानेजर

आवश्यक सीप : अपरेसन म्यानेजमेन्ट, सप्लाई चेन म्यानेजमेन्ट, गोदाम अपरेसन

रोजगारी माग भएका सहर : बैंकक, चियाङमाई (थाईल्यान्ड), क्वालालम्पुर, मनिला, सिंगापुर

(१४) जनसम्पर्क

आवश्यकता : जनसम्पर्क को–अर्डिनटर, जनसम्पर्क निर्देशक, जनसम्पर्क अधिकारी

आवश्यक सीप : जनसम्पर्क, मिडिया रिलेसन्स, प्रेस विज्ञप्ति लेखन, इभेन्ट म्यानेजमेन्ट, सामाजिक सञ्जाल मार्केटिङ

रोजगारी माग भएका सहर : जाकार्ता, बाङडुङ (वेस्ट जाभा, इन्डोनेसिया), डेनपसार (बाली, इन्डोनेसिया), इस्ट कालिमान्टन इन्डोनेसिया) सुरबाया (इस्ट जाभा, इन्डोनेसिया)

(१५) स्पेसलाइज्ड इन्जिनियरिङ

आवश्यकता : मेकानिकल इन्जिनियर, निर्माण इन्जिनियर, इन्जिनियरिङ टिम नेतृत्व

आवश्यक सीप : कम्प्युटर प्रोग्राम सोलिडवर्क, अटोकेड सफ्टवेयर चलाउने, सिक्स सिग्मा टेक्निक, स्ट्रक्चरल इन्जिनियरिङ

रोजगारी माग भएका सहर : बैंकक, जाकार्ता, बान्टेन प्रान्त (इन्डोनेसिया), वेस्ट जाभा (इन्डोनेसिया)

- सीएनबीसीबाट
 

प्रकाशित मिति: ०७:४० बजे, बुधबार, माघ १४, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्