Kathmandu Press

म्यानचेस्टर सिटीको फराकिलो जित, शीर्ष स्थानमा उक्लियो 

काठमाडौं, माघ १४ : इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले फराकिलो जित दर्ता गर्दै शीर्ष स्थानमा उक्लिएको छ ।मंगलबार राति भएको खेलमा वेस्ट...
म्यानचेस्टर सिटीको फराकिलो जित, शीर्ष स्थानमा उक्लियो 

काठमाडौं, माघ १४ : इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले फराकिलो जित दर्ता गर्दै शीर्ष स्थानमा उक्लिएको छ ।

मंगलबार राति भएको खेलमा वेस्ट ब्रुमलाई ५-० गोल अन्तरले पराजित गर्दै सिटी शीर्ष स्थानमा उक्लिएको हो । वेस्ट ब्रुमको मैदानमा सिटीलाई जित दिलाउन इल्के गुन्डोगानले दुई गोल गरे ।

यस्तै जोआ कान्सेलो, रियाद महरेज र रहिम स्ट्रर्लिङले एक एक गोल थपे । जितसंगै सिटीले १९ खेलमा ४१ अंक जोडेको छ । सिटी दोस्रो स्थानको म्यानचेस्टर युनाईटेड भन्दा १ अंकले अघि रहेको छ ।

वेस्ट ब्रुम ११ अंकसहित पुछारबाट दोस्रो स्थानमा छ ।

प्रकाशित मिति: ०६:५५ बजे, बुधबार, माघ १४, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्