Kathmandu Press

सन्दीपको टिम बिग बासको प्लेअफमा पुग्न असफल

नेपाली युवा लेगस्पिनर सन्दीप लामिछाने आबद्ध टिम होबर्ट हुरिकेन्स बिग बास लिगको प्लेअफ मा पुग्न असफल भएको छ ।
सन्दीपको टिम बिग बासको प्लेअफमा पुग्न असफल

काठमाडौं, माघ १३ : नेपाली युवा लेगस्पिनर सन्दीप लामिछाने आबद्ध टिम होबर्ट हुरिकेन्स बिग बास लिगको प्लेअफ मा पुग्न असफल भएको छ । लिग चरणको अन्तिम खेलमा मेलबर्न रेनिगेट्ससँग ११ रनले पराजित भएपछि हुरिकेन्स प्लेअफमा पुग्न असफल भएको हो ।

लिगका १४ खेलमा समान ७ जित र हारको सामना गरेको हुरिकेन्स २८ अंका साथ छैटौं स्थानमा रह्यो । उ एडिलेड स्टाइकर्ससँग रनरेटमा पछि पर्दै प्लेअफ पुग्न असपल भयो । स्टाइकर्सको पनि २८ अंक नै थियो, तर उ रनरेट राम्रो थियो ।

स्टाइकर्ससँगै सिड्नी सिक्सर्स, पर्थ स्कोचर्स, सिड्नी थन्डर र ब्रिसन हेट पनि प्लेअफमा पुगेका छन् । शीर्ष दुईमा रहेका सिक्सर्स र स्कोचर्सले क्वालिफायर खेल्नेछन् भने चौथो र पाँचौँ हुने स्टाइकर्स र हेटले एलिमिनेटर खेल्ने छ । यस्तै तेस्रो हुने थन्डरले नकआउट खेल्ने खेल्ने छ। 

क्वालिफायर विजेता सिधै फाइलन पुग्ने छन् भने पराजित टिमले च्याजेन्सर्ज फाइनल प्रवेशका लागि पुनः खेल्ने छ । च्यालेन्जर्समा क्वालिफायरमा पराजित टिम र एलिमनेटरको विजेता तथा तेस्रो हुने टिमबीचको विजेता भिड्ने छन् । 

हुरिकेन्स ११ रनले पराजित

पहिला ब्याटिङ गर्दै रेनिगेट्सले दिएको १५१ रनको मध्यम लक्ष्य पनि हुरिकेन्सले भेट्टाउन सकेन । उसले निर्धारित ओभरमा ९ विकेट गुमाउँदै १३९ रन मात्र बनाउन सक्यो । उसका लागि डेविड मलानले ३४ र डार्सी सर्टले २९ रनको योगदान दिए । रेनिगेट्सका ज्याक इभान्सले ५ विकेट लिए ।

यसअघि पहिला ब्याटिङ गरेको रेनिगेट्सको सुरुवात पनि राम्रो हुन सकेन । ४९ रनमा ४ विकेट गुमाएको रेनिगेट्सका लागि बेउ वेबस्टर र म्याकेन्जी हार्भीले पाँचौं विकेटका लागि ६० रनको साझेदारी गर्दै टिमलाई मध्यम स्कोरतर्फ लगे । वेबस्टर ३५ बलमा ५४ रन बनाउँदा हार्भी ३७ बलमा ४० रन बनाए । 

हुरिकेन्सका रिले मरेडिथले ३ विकेट लिए । अन्तिम खेल सन्दीप भने विकेटविहीन भए । उनले ४ ओभरमा ३५ रन खर्चिए । सन्दीपले बिग बासको तेस्रो सिजन ८ खेल खेल्दै ८ विकेट लिए । उनले ३१ ओभर बलिङ गर्दै २३४ रन खर्चिए ।

प्रकाशित मिति: १८:५७ बजे, मंगलबार, माघ १३, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्