Kathmandu Press

ग्लोबल ओरियन्समा छापा मार्दा ३ करोडकाे खाद्य सामग्री बरामद    

काठमाडौं, माघ १३ :  झापाको दमक–६ मा रहेको ग्लोबल ओरियन्स नेटवर्किङ कम्पनीमा प्रहरीले छापा मारेको छ । सो क्रममा लाखौं मूल्यका अवैध सामान बरामद...
ग्लोबल ओरियन्समा छापा मार्दा ३ करोडकाे खाद्य सामग्री बरामद    

काठमाडौं, माघ १३ :  झापाको दमक–६ मा रहेको ग्लोबल ओरियन्स नेटवर्किङ कम्पनीमा प्रहरीले छापा मारेको छ । सो क्रममा लाखौं मूल्यका अवैध सामान बरामद गरेको प्रहरीले जनाएको छ ।

दमक–६ स्थित पदम गुरुङको घरमा भण्डारण गरी नेटवर्किङ रुपमा कारोबार गर्दै आएका जीतेन्द्र साहसहित ती सामान नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सानुराम भट्टराईले जानकारी दिए । आज इलाका प्रहरी कार्यालय दमकमा पत्रकार सम्मेलन गरी सो जानकारी दिएको हो ।     
     
उनका अनुसार बरामद गरिएको खाद्य वस्तुको मूल्य ३ करोड रहेको अनुमान छ । बरामद गरिएको सामानको मूल्यको बिल भने  ८७ लाख २६ हजार ५२० रहेको पाइएको छ ।

काठमाडौँको बालाजुमा दर्ता रहेको ग्लोबल ओरियन्स प्रालिबाट केही परिमाणका खाद्यवस्तु खरिद गरेको र अन्य वस्तु भन्सार तथा राजस्व छली गरी ल्याइएको आशङ्कामा प्रहरीले ती सामान बरामद गरेको उनले बताए ।

प्रकाशित मिति: १८:१७ बजे, मंगलबार, माघ १३, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्