Kathmandu Press

प्रधानमन्त्रीले गल्ती स्विकारे पार्टी एकता र सहकार्य हुन्छ : नेपाल

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटनको गल्ती स्विकारे पार्टी एकता र सहकार्य हुने बताएका छन् ।
प्रधानमन्त्रीले गल्ती स्विकारे पार्टी एकता र सहकार्य हुन्छ : नेपाल
Hardik ivfHardik ivf

पाँचथर, माघ १३ :  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटनको गल्ती स्विकारे पार्टी एकता र सहकार्य हुने बताएका छन् ।  नेकपा पाँचथर जिल्ला कमिटीले आज फिदिममा आयोजना गरेको कार्यकर्ता भेला तथा प्रशिक्षणमा उनले गल्ती स्विकार गरेर आए प्रधानमन्त्रीसँग सहकार्य हुने बताएका हुन् ।

त्यस्तै उनले आफूहरु नै आधिकारिक नेकपा भएको बताए । उनले भने, ‘निर्वाचन आयोगले ४११ केन्द्रीय सदस्यलाई मान्यता दिएपछि त्यसको बहुमतका आधारमा हामी आधिकारिक नेकपा हौँ ।’ ४४१ को केन्द्रीय कमिटी र ४५ का स्थायी समिति आधिकारिक भएको र त्यसमा आफूहरुसँग बहुमत रहेको नेता नेपालको भनाइ थियो ।     
     
पूर्वप्रधानमन्त्री नेपालले संविधानको कुनै धारामा नटेकी प्रतिनिधिसभा विघटन गर्ने मन्त्रिपरिषद्को निर्णय भएको जिकिर गर्दै यसबाट उक्त निर्णय अवैधानिक भएको र राजपत्रमा विधि सम्मतरुपमा प्रकाशन नभएको आरोप लगाए । सबैको असन्तुष्टि भएपछि प्रधानमन्त्रीलाई त्यसको कारण खोज्न सुझाव दिए ।    
 

प्रकाशित मिति: १७:४१ बजे, मंगलबार, माघ १३, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्