Kathmandu Press

मिनिबस र मोटरसाइकल ठोक्किँदा दुईको मृत्यु

भरतपुर, माघ १३ : चितवनमा मिनिबस र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ।पूर्वपश्चिम राजमार्गको रत्ननगर १ बकुलहरमा मिनिबस र मोटरसाइकललाई ठोक्किँदा दुर्घटना...
मिनिबस र मोटरसाइकल ठोक्किँदा दुईको मृत्यु

भरतपुर, माघ १३ : चितवनमा मिनिबस र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ।

पूर्वपश्चिम राजमार्गको रत्ननगर १ बकुलहरमा मिनिबस र मोटरसाइकललाई ठोक्किँदा दुर्घटना भएको रत्ननगर इलाका प्रहरी कार्यालयले जनाएको छ।

पूर्वबाट आइरहेको बा २ ख ५६७४ नम्बरको मिनिबस र पश्चिमबाट पूर्वतिर आइरहेको बा ९२ प ५२०४ नम्बरको मोटरसाइकल ठोक्किएका हुन्। दुर्घटनामा मोटरसाइकलमा सवार दुईजनाको मृत्यु भएको ईलाका प्रहरी कार्यालय रत्ननगरका प्रमुख रविन कार्कीले बताए। उनीहरुको परिचय खुलेको छैन।

आज बिहान ९ बजे तिर उक्त दुर्घटना भएको थियो। दुर्घटनामा घाइते दुवै जनालाई पुरानो मेडिकल कलेज भरतपुर लगिएको थियो। उपचारका क्रममा दुवैको मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: ११:३७ बजे, मंगलबार, माघ १३, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्