Kathmandu Press

प्रदेश १ का ३५ हजार स्वास्थ्यकर्मीलाई खोप लगाइने

विराटनगर, माघ १३ : प्रदेश १ मा बिरामीको सेवामा अग्रभागमा खटिने स्वास्थ्यकर्मी र सफाइ कर्मचारी गरी ३५ हजारलाई कोभिड–१९ विरुद्धको ‘कोभिशिल्ड’ खोप लगाइने...
प्रदेश १ का ३५ हजार स्वास्थ्यकर्मीलाई खोप लगाइने
Hardik ivfHardik ivf

विराटनगर, माघ १३ : प्रदेश १ मा बिरामीको सेवामा अग्रभागमा खटिने स्वास्थ्यकर्मी र सफाइ कर्मचारी गरी ३५ हजारलाई कोभिड–१९ विरुद्धको ‘कोभिशिल्ड’ खोप लगाइने भएको छ।

प्रदेशअन्तर्गतका सरकारी तथा निजी अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारी, महिला स्वास्थ्य स्वयंसेविका गरी ३४ हजार आठ सय ५१ र सात सय २५ सरसफाइ कर्मचारी गरी ३५ हजार ५७६ जनालाई कोभिड–१९ विरुद्धको खोप लगाइने लागेको जनाएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय स्वास्थ्य सेवा विभागले पहिलो चरणमा प्रदेशमा पठाइएको नौ हजार ६ सय भायल मात्रा खोप प्राप्त भएको प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र विराटनगरका प्रशासकीय अधिकृत काशीराज पराजुलीले बताए।

प्रदेश स्वास्थ्य  आपूर्ति व्यवस्थापन केन्द्रमा प्रदेशका १४ जिल्लासहित प्रदेश २ का सिरहा र सप्तरी जिल्लाका लागि पठाइएको खोप प्राप्त भएको उनले बताए।

प्रदेशका सरकारी तथा निजी अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारीमा ताप्लेजुङका १४ हजार तीन, धनकुटाका ८३१, उदयपुरका एक हजार २३७, भोजपुरका एक हजार १७६, मोरङका १२ हजार ५६  र इलामका एक हजार ६९० जनालाई खाेप लगाइनेछ।

त्यस्तै, ओखलढुङ्गाका एक हजार ३६६, खोटाङका एक हजार ६००, झापाका चार हजार ९७७, तेह्रथुमका ७२३, सङ्खुवासभाका ९४९, सोलुका ६८६, सुनसरीका पाँच हजार २३३ र पाँचथरमा ९२४ लाई खोप लगाइने जनाएकाे छ।

प्रकाशित मिति: १०:५२ बजे, मंगलबार, माघ १३, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्