Kathmandu Press

संसद् विघटनविरुद्ध प्रचण्ड-नेपाल समूहको सिटी जुलुस

काठमाडौं, माघ १३ : प्रतिनिधिसभा विघटनविरुद्ध तेस्रोच चरणको आन्दोलनको पहिलो दिन आज नेकपा प्रचण्ड-नेपाल समूहले सिटी जुलुस प्रदर्शन गर्ने भएको छ।नेकपाले राजधानीमा दिउसो...
संसद् विघटनविरुद्ध प्रचण्ड-नेपाल समूहको सिटी जुलुस

काठमाडौं, माघ १३ : प्रतिनिधिसभा विघटनविरुद्ध तेस्रोच चरणको आन्दोलनको पहिलो दिन आज नेकपा प्रचण्ड-नेपाल समूहले सिटी जुलुस प्रदर्शन गर्ने भएको छ।

नेकपाले राजधानीमा दिउसो ३ बजे सिटी जुलुस प्रदर्शन गर्न लागेको जनाएको छ। लैनचोरबाट सुरु हुने सिटी जुलुस असन, इन्द्रचोकहुँदै वसन्तपुरसम्म पुग्ने भएको छ। सिटी जुलुसमा सहभागी हुने नेकपाले आह्वान गरेको छ।

नेकपाले सोमबार तेस्रो चरणको आन्दोलन घोषणा गरेको थियो। जसअनुसार, आज सिटी जुलुस निकाल्न लागिएको हो।

नेकपाले माघ १३ देखि २८ गतेसम्म आन्दोलनका कार्यक्रम घोषणा गरेको छ। यसक्रममा माइतीघर मण्डलमा प्रदर्शनदेखि आमसभासम्मका कार्यक्रम रहेका छन्।

प्रकाशित मिति: १०:४१ बजे, मंगलबार, माघ १३, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्