Kathmandu Press

ठूलो परिमाणमा गाँजासहित तीन युवक पक्राउ

सिराहा, माघ १३ : प्रहरीले ठूलो परिमाणमा लागुऔषध गाँजासहित सिराहाको मिर्चैया नगरपालिका–९ बाट तीन जनालाई पक्राउ गरेको छ।इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरी...
ठूलो परिमाणमा गाँजासहित तीन युवक पक्राउ

सिराहा, माघ १३ : प्रहरीले ठूलो परिमाणमा लागुऔषध गाँजासहित सिराहाको मिर्चैया नगरपालिका–९ बाट तीन जनालाई पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरी टोलीले करिब २५ किलो गाँजासहित मिर्चैया–८ का १८ वर्षीय दीपेन्द्र राय, धनुषाको कमला नगरपालिका–८ का ३३ वर्षीय सञ्जीव मण्डल र ३३ वर्षीय शम्भु यादवलाई पक्राउ गरेको हो।

मिर्चैया–९ स्थित रणबहादुर श्रेष्ठको घरमा गाँजाको कारोबार भइरहेको गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले लुकाइछिपाई राखिएको गाँजासहित तीनै जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक शालिग्राम शर्माले बताए।

प्रहरीले स६प ३८६५ नम्बरको डिस्कोभर मोटरसाइकलसमेत नियन्त्रणमा लिएको जनाएको छ। घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको र फरार रहेका रणबहादुर श्रेष्ठको खानतलासी भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: १०:२२ बजे, मंगलबार, माघ १३, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्