Kathmandu Press

प्रधानमन्त्री कप : तीन विभागीय टिम र बाग्मती प्रदेश सेमिफाइनलमा

प्रधानमन्त्री कप : तीन विभागीय टिम र बाग्मती प्रदेश सेमिफाइनलमा
Hardik ivfHardik ivf

काठमाडौंमा जारी एकदिवसीय क्रिकेट प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । सोमबार भएको दुई खेलसँगै सेमिफाइलन समिकरण पुरा भएको छ ।

तीन विभागीय टिम त्रिभुवन आर्मी क्लब, एपिएफ र नेपाल पुलिस क्लब प्रतियोगिताको सेमिफाइनलमा पुग्दा बाग्मती प्रदेशले पनि अन्तिम चारमा स्थान बनाएको छ । समूह एबाट एफिएफ समूह विजेता र आर्मी उपविजेताका रुपमा सेमिफाइनल पुग्दा समूह बीबाट बामगती प्रदेश विजेता र पुलिस क्लब उपविजेताका रुपमा अन्तिम चारमा प्रवेश गरे ।

समेमिफाइनलमा एपिएफ र पुलिस क्लब तथा बागमती र आर्मी क्लब भिड्ने छन् । एपिएफ र पुलिसबीचको खेल माघ १४ गते हुने छ भने बाग्मती र आर्मीबीचको खेल माघ १५ गते हुने छ। दुवै खेल कीर्तिपुरस्थित टियू मैदानमा हुने छ।

समूह ए एपिएफले शतप्रतिशत नतिजा निल्कायो । उसले प्रदेश १ लाई १३५, गण्डकी प्रदेशलाई ६ विकेटले हराउँदा कर्णाली प्रदेशलाई ७१ रनले हरायो । सोमबार भएको खेलमा एपिएफले आर्मीविरुद्ध ६ रनको रोमाञ्चक जित निकाल्यो । यस्तै, आर्मीले पनि लिगका सुरुवाती तीन खेलमा जित निकाल्यो । उसले गण्डकी प्रदेशलाई ९८, कर्णालीलाई ८० र प्रदेश १लाई ४ विकेटले हरायो ।

यसैगरी समूह बीको शीर्ष स्थानमा रहेको बागमती प्रदेश पनि अपराजित रह्यो । उसले ४ खेलमा ३ जित र १ बराबरीसहित ७ अंक जोड्यो । उसले पुलिस क्लबलाई ७ विकेटले हराउँदा सुदूरपश्चिमलाई १८०, प्रदेश २ लाई ६ विकेटले हरायो । लुम्बिनी प्रदेशसँगको खेल भने बराबरीमा सकिएको थियो । यता, पहिलो खेलमा बागमती प्रदेशसँग पराजित भएको पुलिसले त्यसपछिका ३ खेल लगतार जित्दै सेमिफाइनलमा स्थान बनाए । उसले सुदूरपश्चिमलाई ९ विकेट, लुम्बिनीलाई ७४ रन र प्रदेश २लाई ४ विकेटले हरायो । 

अन्तिम दिन एपिएफ र पुलिस विजयी 

प्रतियोगिताअन्तर्गत सोमबार लिग चरणका अन्तिम दुई खेल भए, त्यसमा विभागीय टिम एपिएफ र पुलिस क्लब विजयी भए । कीर्तिपुर मैदानमा भएको खेलमा एपिएफले आर्मी क्लबमाथि ६ विकेटको जित निकाल्दा मुलपानी क्रिकेट मैदानमा पुलिसले प्रदेश २ लाई ४ विकेटले हरायो ।

एपिएफले दिएको २४१ रनको लक्ष्य पछ्याएको आर्मीले निर्धारित ओभरमा ८ विकेट गुमाउँदै २३४ रन मात्र बनाउन सक्यो । उसका लागि अनिल मण्डले ४५, राजेश पुलामीले ३३ र रोहितकुमार पौडेलले ३० रनको योगदान दिए । एपिएफका कमलसिंह ऐरीले ३ र भुवन कार्कीले समान २ विकेट लिए । 

यसअघि पहिला ब्याटिङ गरेको एपिएफले २ बल बाँकी छँदा अलआउट हुँदै २४० रन बनायो । उसका सुमित महर्जनले ४६ र सुवास खकुरेलले ३८ रन बनाउँदा अतिरिक्त ३९ रन पाएको थियो । आर्मीका हरिबहादुर चौहानले ५ विकेट लिए ।

यस्तै, मुलपानी मैदानमा प्रदेश २ ले दिएको १७० रनको लक्ष्य पुलिसले ३८ ओभरमा ६ विकेट गुमाउँदै भेट्टायो । उसका अनिल साहले ४७ र कुशल भुर्तेलले ४३ रन बनाए । प्रदेश २का विवेक यादव र कुमार थापाले समान ३ विकेट लिए । 

हरिशंकर साहले अर्धशत बनाए पछि पहिला ब्याटिङ गरेको प्रदेश २ ले ४७ ओभरमा ९ विकेट गुमाउँदै १६९ रन मात्र बनाउन सक्यो । साहले ८४ बलमा ५ चौका र १ छक्का प्रहार गर्दै ५३ रन बनाए । अन्यले गतिलो योगदान दिन सकेनन् । पुलिसका ललितनरायण राजवंशीले ४ र सागर ढकालले २ विकेट लिए ।

प्रकाशित मिति: १९:२४ बजे, सोमबार, माघ १२, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्