Kathmandu Press

माघ २७ देखि  राष्ट्रिय महिला तथा पुरुष  भलिबल प्रतियोगिता पोखरामा हुने

पोखरा, माघ १२ :  राष्ट्रियस्तरको महिला तथा पुरुष क्लबस्तरीय भलिबल प्रतियोगिता यही माघ २७ देखि आगामी फागुन १ गतेसम्म पोखरामा हुने भएको छ...
माघ २७ देखि  राष्ट्रिय महिला तथा पुरुष  भलिबल प्रतियोगिता पोखरामा हुने

पोखरा, माघ १२ :  राष्ट्रियस्तरको महिला तथा पुरुष क्लबस्तरीय भलिबल प्रतियोगिता यही माघ २७ देखि आगामी फागुन १ गतेसम्म पोखरामा हुने भएको छ ।     

टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा पोखरा रंगशालामा  ‘प्रथम टाइगर कप आमन्त्रित राष्ट्रिय महिला तथा पुरुष क्लब च्याम्पियनसिप भलिबल प्रतियोगिता–२०७७’ हुने टाइगर ग्रुपका अध्यक्ष नारायणप्रसाद शर्माले जानकारी दिए । उनले सो खेलका लागि महिलातर्फ चार र पुरुषतर्फ चार गरी कूल आठ टोलीको सहभागिता रहने बताए ।

प्रतियोगितामा उपाधि विजेता महिला तथा पुरुष टोलीले समान १ लाख ५० हजार, द्वितीय हुनेले  ७५ हजार तथा तृतीयले  २५ हजारसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने प्रचारप्रसार संयोजक रामकृष्ण ज्ञवालीले जानकारी दिए । उनका अनुसार प्रतियोगितामा सर्वोत्कृष्ट महिला तथा पुरुष खेलाडीले समान  २०–२० हजार प्राप्त गर्नेछन् । सान्त्वना पुरस्कार पनि महिला तथा पुरुष खेलाडीले १५/१५ हजारका दरले प्राप्त गर्नेछन् ।     

त्यस्तै उत्कृष्ट सर्भर, उत्कृष्ट सेटर, उत्कृष्ट ब्लकर, उत्कृष्ट डिफेन्डर तथा स्पाइकर महिला तथा पुरुष खेलाडीले समान पाँच–पाँच हजार नगद प्राप्त गर्ने प्रतियोगिताका संयोजक नवीन गुरुङले जानकारी दिए ।

प्रकाशित मिति: १९:१३ बजे, सोमबार, माघ १२, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्