Kathmandu Press

बन्धक बनाएर जबर्जस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ

काठमाडौं, माघ १२ : शरीर बन्धक बनाएर जबर्जस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । सिन्धुपाल्चोक जुगल गापा–४ का रोहन नेपाली...
बन्धक बनाएर जबर्जस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ

काठमाडौं, माघ १२ : शरीर बन्धक बनाएर जबर्जस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । सिन्धुपाल्चोक जुगल गापा–४ का रोहन नेपाली सो अभियोगमा काठमाडौंको कलंकीबाट पक्राउ परेका हुन् ।

नेपालीले गत असोज १५ गते मनमाया (नाम परिवर्तन)लाई घर पुर्‍याइदिने भन्दै घरतर्फ नलगी मान्जे भन्ने ठाउँमा बन्धक बनाएर जबर्जस्ती करणी गरेका थिए । प्रहरीका अनुसार उनले मनमायाले लगाएको गरगहनासमेत लुटेका थिए ।  आवश्यक कारबाहीका लागि नेपालीलाई प्रहरी कार्यालय सिन्धुपाल्चोक पठाइएको छ ।

प्रकाशित मिति: १६:४२ बजे, सोमबार, माघ १२, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्