Kathmandu Press

स्कुटर र नगद लुटपाट गरेको अभियोगमा एक जना पक्राउ

स्कुटर र नगद लुटपाट गरेको अभियोगमा एक जना पक्राउ
Hardik ivfHardik ivf

काठमाडौं, माघ १२ : स्कुटर र नगद लुटपाट गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । काठमाडौंको नागार्जुन नगरपालिका–८ भीमढुंगा बस्ने २५ वर्षीय साजन तामाङको बा६०प ७९१० नम्बरको स्कुटर र करिब ४८ हजार रुपैयाँ बराबरको सुनको औंठी लुटपाट गरेको अभियोगमा काभ्रे मिर्चे गाउँपालिका–७ खानिखोलाका २३ वर्षीय सूर्य बलोन आइतबार बिहान पक्राउ परेका हुन् ।

काम गरी घर फर्किने क्रममा नागार्जुन नगरपालिका–६ डाँडापौवास्थित सडकमा बा२ज २०५० नम्बरको ट्याक्सीमा सवार अपरिचित ३–४ जना व्यक्तिहरुले साजनको स्कुटर र औंठी लुटी लगेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले ट्याक्सीका चालक सूर्य बलोनलाई पक्राउ गरेको हो । 

प्रकाशित मिति: १४:०० बजे, सोमबार, माघ १२, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्