Kathmandu Press

स्पेनिस ला लिगाको तेस्रो स्थानमा उक्लियो बार्सिलोना

काठमाडौ, माघ १२ : स्पेनिस ला लिगा फुटबल अन्तर्गत गएरातिको खेलमा बार्सिलोना विजयी भएको छ । बार्सिलोनाले एल्चेलाई २-० गोल अन्तरले पराजित...
स्पेनिस ला लिगाको तेस्रो स्थानमा उक्लियो बार्सिलोना
Hardik ivfHardik ivf

काठमाडौ, माघ १२ : स्पेनिस ला लिगा फुटबल अन्तर्गत गएरातिको खेलमा बार्सिलोना विजयी भएको छ । बार्सिलोनाले एल्चेलाई २-० गोल अन्तरले पराजित गरेको हो ।

बार्सिलोनाको जितमा फ्रेन्की डी जोंग र रिक्वी पुइगले एक एक गोल गरेका थिए । रातो कार्ड पाएका कारण सस्पेन्डमा रहेका लियोनेल मेसी भने यस खेलमा उपलब्ध थिएनन् ।

जितसँगै बार्सिलोना ला लिगामा तेस्रो स्थानमा उक्लिएको छ । बार्सिलोनाको १९ खेलमा ३७ अंक भएको छ । शिर्ष स्थानमा रहेको एटलेटिको म्याड्रिडको १८ खेलमा ४७ अंक रहेको छ ।

त्यस्तै एल्चेको भने १८ खेलमा १७ अंक रहेको छ र लिगमा १९औ स्थानमा रहेको छ ।

प्रकाशित मिति: ०६:५१ बजे, सोमबार, माघ १२, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्