Kathmandu Press

हुरिकेन्सको रोमाञ्चक जित, सन्दीपले लिए २ विकेट

हुरिकेन्सको रोमाञ्चक जित, सन्दीपले लिए २ विकेट

अस्ट्रेलियन बिग बास लिगमा होबर्ट हुरिकेन्सले रोमाञ्च जित निकालेको छ । आइतबार मेलबर्नमा भएको खेलमा सन्दीपले उत्कृष्ट प्रदर्शन गर्दै २ विकेट लिएपछि हुरिकेन्सले सिड्नीमाथि ७ विकेटको जित निकाल्यो ।

पहिलो ब्याटिङ गर्दै हुरिकेन्सले दिएको १८९ रनको लक्ष्य पछ्याएको सिड्नीले निर्धारित ओभरमा ८ विकेट गुमाउँदै १८१ रन मात्र बनाउन सक्यो । उसका लागि जोर्डन सिल्कले सर्वाधकि ७८ रन बनाउँदा कप्तान मोरिस हेनरिक्सले ४३७ रन बनाए । 

होरिकेन्सको जितमा सन्दीपको भूमिका महत्त्वपूर्ण रह्यो । किफायती बलिङ गरेका उनले ४ ओभरमा २४ मात्र खर्चँदै २ विकेट लिए । उनले हेनरिक्स र ड्यानियल क्रिस्टियनलाई पभेलियन फर्काए । यस्तै, नाथन इलिसले ३ तथा स्कट बोलन्डले २ विकेट लिए । 

कप्तान म्याथु वेड र डार्सी सर्टले पहिलो विकेटका लागि शतकीय साझेदारी गरेपछि पहिला ब्याटिङ गरेको हुरिकेन्सले निर्धारित ओभरमा ८ विकेट गुमाउँदै १८८ रन बनायो । यी दुई पहिलो विकेटका लागि १४५ रनको उत्कृष्ट साझेदारी गरेका थिए । वेडले ४४ बल खेल्दै १० चौका र ३ छक्काको योगदमा ८६ रन बनाए भने सर्टले ५२ बलमा ७ चौका र ३ छक्का प्रहार गर्दै ७२ रन बनाए । सिड्नीका सेइन एबोट, बेन ड्वासियस र ज्याक बलले समान २ विकेट लिए । 

सिड्नीविरुद्धको जितसँगै हुरिकेन्सको प्लेअफ पुग्ने सम्भावना कायमै छ । हुरिकेन्स १३ खेलमा २७ अंक जोड्दै पाँचौं स्थानमा छ । अन्तिम खेलमा मेलबर्न रेनिगेट्सविरुद्ध जित निकाल्न सके उ प्लेअफमा पुग्ने छ। 

बिग बासमा ५ टिम प्लेअफमा पुग्नेछन् । चौथो र पाँचौं स्थानका टिमले एलिमिनेटरमा खेल्ने छन् भने पहिलो र दोस्रोले क्वालिफायर खेल्ने छन् । क्वालियारको विजेता सिधै फाइनल पुग्नेछ भने पराजित टिमले च्यालेन्जर्समा खेल्ने छ । च्यालेन्जर्समा उसले एलिमिनेटे र लिगको तेस्रो टिमबीच नकआउट विजेतासँग खेल्नेछ ।

प्रकाशित मिति: १८:४५ बजे, आइतबार, माघ ११, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्