Kathmandu Press

साथीकी छोरीलाई जबर्जस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ

साथीकी छोरीलाई जबर्जस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ

पर्सा, माघ ११ :  साथीकी छोरीलाई जबर्जस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । सो अभियोगमा भारत विहार पश्चिमी चम्पारण थाना चनपटिया ग्राम पञ्चायत टिकुलीया–१३ बस्ने ३४ वर्षीय नेहाल मियाँ शनिबार बिहान पक्राउ परेका हुन् ।

शुक्रबार राति नेहाल वीरगन्ज महानगरपालिका–१ स्थित आफ्नै साथीको डेरामा गएका थिए । मियाँ साेही दिन साथीकी ११ वर्षीया छोरीलाई जबर्जस्ती करणी गरेर भागेका थिए । जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।      

प्रकाशित मिति: १७:४३ बजे, आइतबार, माघ ११, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्