Kathmandu Press

साविकको विजेता आर्सनल एफए कपबाट बाहरियो

काठमाडौं, माघ ११ : साविकको विजेता आर्सनल एफए कप फुटबलबाट बाहिरिएको छ ।चौंथो चरणको खेलमा साउथह्याम्पटनसँग १-० गोल अन्तरले पराजित हुँदै आर्सनल बाहिरिएको...
साविकको विजेता आर्सनल एफए कपबाट बाहरियो

काठमाडौं, माघ ११ : साविकको विजेता आर्सनल एफए कप फुटबलबाट बाहिरिएको छ ।

चौंथो चरणको खेलमा साउथह्याम्पटनसँग १-० गोल अन्तरले पराजित हुँदै आर्सनल बाहिरिएको हो । साउथह्याम्पटनको मैदानमा आत्मघाती गोलको कारण आर्सनल बाहिरिएको हो ।

आर्सनलका ग्राबियलले खेलको २४औँ मिनेटमा आत्मघाती गोल गरेका थिए । बल पोजिसनमा पकड जमाएपछि आर्सनलले घरेलु टिमविरूद्ध गोल गर्न सकेन ।

आर्सनल एफएए कपको सर्वाधिक सफल टिम मानिन्थ्यो । उसले १४ पटक एफए कपको उपाधि जितेको टिम थियो ।

प्रकाशित मिति: ०६:५२ बजे, आइतबार, माघ ११, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्