Kathmandu Press

रेलवेमा टिकटक बनाउँदा एक जनाको मृत्यु    

रेलवेमा टिकटक बनाउँदा एक जनाको मृत्यु    

इस्लामाबाद– पाकिस्तानमा रेलको ठक्करबाट एक युवाको मृत्यु भएको प्रहरी स्रोतले शनिबार जानकारी दिएको छ ।  ‘टिकटक’ बनाउन रेलमार्गमा हिँडिरहेका ती युवाको रेलको ठक्करबाट मृत्यु भएको बताइएको छ ।     

पाकिस्तानको राजधानी सहर इस्लामावादनजिकै शाह खालिदको छिमेकमा पर्ने रावलपिंडी सहरमा शुक्रबार सो दुर्घटना भएको जनाइएको छ ।   रेलमार्ग टिकटकको अभिनय गर्न व्यस्त १८ वर्षीय हमजा नाभेदको रेलको ठक्करबाट मृत्यु भएको हो ।

प्रकाशित मिति: १८:०५ बजे, शनिबार, माघ १०, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्