Kathmandu Press

काठमाडौं उपत्यकामा सवारी दुर्घटनामा परी चार जनाको मृत्यु

काठमाडौं उपत्यकामा सवारी दुर्घटनामा परी चार जनाको मृत्यु भएको छ । काठमाडौंमा १, भक्तपुर १  र ललितपुरमा २ जनाको मृत्यु भएको हो ।काठमाडौं...
काठमाडौं उपत्यकामा सवारी दुर्घटनामा परी चार जनाको मृत्यु
Hardik ivfHardik ivf

काठमाडौं उपत्यकामा सवारी दुर्घटनामा परी चार जनाको मृत्यु भएको छ । काठमाडौंमा १, भक्तपुर १  र ललितपुरमा २ जनाको मृत्यु भएको हो ।

काठमाडौं महानगरपालिका–३२ सुविधानगरमा भे१ प २६०३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शुक्रबार राति दुर्घटना हुँदा  २२ वर्षीय चालक साहिल बम खत्रीको मृत्यु भएको छ ।

भक्तपुर मध्यपुर ठिमी नगरपालिका–४ नयाँ ठिमीमा बा६५प ४६१० नम्बरको स्कुटर शुक्रबार राति दुर्घटना हुँदा  २१ वर्षीय राजकुमार शिवाकोटीको मृत्यु भएको छ । 

ललितपुर गोदावरी नगरपालिका–६ स्थित सडकमा प्र३–०१–००३ क ५३२१ नम्बरको लोडर अनियन्त्रित भई सडकबाट अन्दाजी १० मिटर तल खसेर गए राति दुर्घटना हुँदा चालक ३० वर्षीय विकाश दर्नाल र सहचालक सिन्धुपाल्चोक घर भएका २३ वर्षीय राज कार्कीको मृत्यु भएको छ । 

प्रकाशित मिति: १७:४५ बजे, शनिबार, माघ १०, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्