Kathmandu Press

प्रदेश सरकारका बारेमा गलत समाचार आएकाे भन्दै कांग्रेसकाे प्रष्टिकरण

काठमाडौं, माघ १० : नेपाली कांग्रेसले प्रदेश नम्वर १ र बागमति प्रदेशका मुख्यमन्त्रीहरुमाथि परेको अविश्वासका प्रस्तावमा सभापति शेरबहादुर देउवाले भन्दै नभनेका धारणाहरु संचार...
प्रदेश सरकारका बारेमा गलत समाचार आएकाे भन्दै कांग्रेसकाे प्रष्टिकरण
कांग्रेस पार्टी कार्यालय।

काठमाडौं, माघ १० : नेपाली कांग्रेसले प्रदेश नम्वर १ र बागमति प्रदेशका मुख्यमन्त्रीहरुमाथि परेको अविश्वासका प्रस्तावमा सभापति शेरबहादुर देउवाले भन्दै नभनेका धारणाहरु संचार माध्याममा आएको भन्दै विज्ञप्ति मार्फत थप प्रष्ट पारेको छ। 

कांग्रेस मुख्यसचिव कृष्ण पौडेलले शुक्रबारसाँझ प्रष्किरण विज्ञप्ति जारी गर्दै १ नम्वर प्रदेशको माघ ७ गते र बागमति प्रदेशको माघ ९ गते बसेको बैठकमा सभापतिले राखेको धारणा भनेर मिडियामा आएको समाचार गलत भएको भन्दै दुवै प्रदेशमा अविश्वासको प्रस्तावमा साथ दिने कि नदिने भन्ने निर्णय गर्ने अधिकार प्रदेशलाईनै दिएको स्पष्ट पारको छन्। 

‘दुई प्रदेश सरकार उपर दर्ता गरिएका अविश्वास प्रस्ताव माथि नेपाली कांग्रेसले लिनुपर्ने निर्णय सम्बन्धि बिषय र प्रक्रिया सम्बन्धमा छलफल गर्न सभापति शेरबहादुर देउवाले माघ ७ गते प्रदेश १ तथा माघ ९ गते वाग्मती प्रदेशबाट केन्द्रीय समितिमा रहनुभएका साथीहरूको बैठक बोलाउनु भएको थियो । दुवै बैठकमा नेता रामचन्द्र पौडेलको सहभागीता थियो’, विज्ञप्तिमा भनिएको छ, ‘छलफल क्रममा सभापति देउवाले ‘आवश्यक निर्णय गर्न प्रदेश संसदीय दललाई अधिकार दिनु ब्यवहारिक र लोकतान्त्रिक हुने‘ धारणा राख्नु भएको थियो । तर कतिपय सञ्चार माध्यममा यो भन्दा विपरीत अस्पट र भ्रमपूर्ण समाचार प्रकाशन भएकोमा ध्यानाकर्षण सहित भ्रम निवाराणार्थ यो प्रेस नोट जारी गरिएको छ।’

साथै विज्ञप्तिमा यथार्थ विवरणप्रति सु–सूचित रहेर समाचार सम्प्रेषण गर्नुहुन संचार माध्यामहरुलाई आग्रह पनि गरिएको छ । 

शुक्रबार बैठकमा सहभागि केही केन्द्रिय सदस्यहरुले बैठकमा नभनेका धारणाहरुलाई पार्टी र सभापतिको धारणाभन्दौ संचार माध्यामलाई गलत सुचना संप्रेशण गरेपछि कांग्रेसले वास्प्रतविकता सहित विज्ञप्ति जारी गरेकाे हाे।

प्रकाशित मिति: १२:५८ बजे, शनिबार, माघ १०, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्