Kathmandu Press

डेनमार्कमा शरणार्थी नियन्त्रण नीतिमा थप कडाइ 

डेनमार्कले आप्रवासी शरणार्थीबारे आफ्नो अडानलाई थप कडा बनाउने बताएको छ ।
डेनमार्कमा शरणार्थी नियन्त्रण नीतिमा थप कडाइ 

कोपेनहेगन–   डेनमार्कले आप्रवासी शरणार्थीबारे आफ्नो अडानलाई थप कडा बनाउने बताएको छ । शरणार्थी प्रवेशमा कडा अडान राख्दै आएको डेनमार्कले आवेदनलाई शून्यमा झार्ने लक्ष्य लिएको डेनमार्ककी प्रधानमन्त्री प्रधानमन्त्री मेटे फ्रेडरिकसेनले बताएकी छन् ।  

सन् १९९८ देखि नै डेनमार्कमा शरणार्थी प्रवेशमा कडाइ गरिँदै आएको छ । कोपेनहेगनले निकै थोरै व्यक्तिलाई मात्र शरणार्थीका रूपमा स्विकार्दै आएको र यसै अडानका कारण सन् २०२० मा मात्र यस मुलुकमा शरणार्थीका लागि आवेदन दिएकाको संख्या एक हजार ५४७ मात्र रहेको छ ।     
     
गत वर्ष डेनमार्कमा शरणार्थीका लागि आवेदन दिनेको संख्या निकै कमी हुनुलाई सरकारले शरणार्थीलाई नभित्र्याउने नीतिको मानक र कोभिड–१९ को महामारीलाई जोडेर हेरिएको छ । यो सन् २०१५को तुलनामा गत वर्षको शरणार्थीका लागि परेको आवेदनहरूको संख्या दश गुणा कम हो ।

सिरिया, लेबनान, अफगानिस्तानलगायतका एसियाली तथा अफ्रिकी मुलुकहरूबाट द्वन्द्वबाट बच्न र गरिबीका कारण युरोप छिर्ने लहर बढेपछि सन् २०१५ मा युरोपले उच्च शरणार्थी समस्याको सामना गरेको थियो ।   
     
 

प्रकाशित मिति: १२:३६ बजे, शनिबार, माघ १०, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्