Kathmandu Press

अज्ञात समूहद्वारा मकवानपुरमा गाडीमा आगजनी

हेटौडा, माघ १० : मकवानपुरको इन्द्रसरोवर गाउँपालिका ४ मा अज्ञात समूहले गाडीमा आगजनी गरेको छ।हेटौँडाबाट काठमाडौंतर्फ गइरहेको बा १३ च ७९६९ नम्बरको गाडीमा...
अज्ञात समूहद्वारा मकवानपुरमा गाडीमा आगजनी
फाइल फाेटाे।
Hardik ivfHardik ivf

हेटौडा, माघ १० : मकवानपुरको इन्द्रसरोवर गाउँपालिका ४ मा अज्ञात समूहले गाडीमा आगजनी गरेको छ।

हेटौँडाबाट काठमाडौंतर्फ गइरहेको बा १३ च ७९६९ नम्बरको गाडीमा आज बिहान आगलागी गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

आज बिहान २ बजेतिर १० १२ जनाको समूहले चालकलाई ओरालेर आगजनी गरेको जिल्ला प्रहरी कार्यालयका एसपी सोमेन्द्र सिंह राठोरले बताए।

गाडीमा आगजनी गर्ने समूह नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका कार्यकर्ता भएको प्रहरीको अनुमान छ। उनीहरुको खोजी भइरहेको जनाएको छ।

प्रकाशित मिति: ११:४१ बजे, शनिबार, माघ १०, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्