Kathmandu Press

सगरमाथा आरोही शेर्पाको अन्त्येष्टि    

काठमाडौं– विश्वको सर्वोच्च शिखर सगरमाथा आरोही दानुरी शेर्पाको अन्त्येष्टि गरिएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले आज स्वयम्भूस्थित समाधिस्थलमा उनको पार्थिव...
सगरमाथा आरोही शेर्पाको अन्त्येष्टि    
Hardik ivfHardik ivf

काठमाडौं– विश्वको सर्वोच्च शिखर सगरमाथा आरोही दानुरी शेर्पाको अन्त्येष्टि गरिएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले आज स्वयम्भूस्थित समाधिस्थलमा उनको पार्थिव शरीरमा राष्ट्रिय झन्डा ओढाएपछि बौद्ध परम्पराअनुसार अन्त्येष्टि गरिएको हो ।     
     
दोलखास्थित गौरीशङ्कर गाउँपालिका–९ टाँसीनाम निवासी शेर्पाले प्रजातान्त्रिक राष्ट्रिय युवा सङ्घ, नेपालको झण्डा सगरमाथाको शिखरमा पहिलो पटक फहराएर नयाँ कीर्तिमान कायम राखेका थिए । पर्यटन व्यवसाय र समाज सेवाको क्षेत्रमा निरन्तर सक्रिय शेर्पा दुई पटक सगरमाथाको शिखर चुम्न सफल भएका थिए ।   
     
फोक्सोमा समस्या देखिएपछि काठमाडौँको चावहिलस्थित हेल्पिङ हेन्ड अस्पतालमा भर्ना भएका शेर्पाको यही माघ ७ गते निधन भएको थियो । स्वर्गीय शेर्पाका श्रीमती र तीन छोरा छन् ।       
 

प्रकाशित मिति: १९:१९ बजे, शुक्रबार, माघ ९, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्