Kathmandu Press

प्रतिनिधिसभा विघटन सदर भएमा सडकबाटै सच्याउने दाहालको दाबी   

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालले सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनलाई सदर गरे सडकबाटै सच्याउने दाबी गरेका छन् ।प्रतिनिधिसभा विघटनविरुद्ध नेकपाले...
प्रतिनिधिसभा विघटन सदर भएमा सडकबाटै सच्याउने दाहालको दाबी   
Hardik ivfHardik ivf

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालले सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनलाई सदर गरे सडकबाटै सच्याउने दाबी गरेका छन् ।

प्रतिनिधिसभा विघटनविरुद्ध नेकपाले आज राजधानीमा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै  उनले  अदालतले सरकारको कदमलाई सदर गरेमा सडकबाटै सच्याउने दाबी गरेका हुन् । 

उनले भने, ‘हामी सर्वोच्च अदालतमाथि भरोसा गर्छौ । तर अदालतले सरकारको कदम सदर गरेर जनताले सडकबाटै निर्णय सच्याउँछन् ।’

त्यस्तै, अदालतले सरकारको कदमलाई प्रोत्साहन गर्ने काम भयो भने नेपालको शान्ति प्रक्रिया ‘डिरेल’ हुन्छ भन्ने चिन्ता आफूलाई रहेको उनले बताए ।  

२०६२/६३ को जनान्दोलन जसरी नै अहिले सिङ्गो मुलुक प्रतिनिधिसभा विघटनविरुद्ध फेरि पनि सङ्घर्षमा उत्रिएको जिकिर गर्दै उनले नेपाली जनता जागिसकेको र प्रतिनिधिसभा पुनःस्थापना नभएसम्म नसुत्ने विचार राखे ।

प्रकाशित मिति: १८:५८ बजे, शुक्रबार, माघ ९, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्