Kathmandu Press

अमेरिकी राजदूत बेरी र प्रधानमन्त्री ओलीबीच भेटघाट

काठमाडौं– नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरी र प्रधानमन्त्री केपी ओलीबीच आज भेटवार्ता भएको छ । भेटघाटका क्रममा राष्ट्रपति वाइडेनका शीर्ष प्राथमिकताबारे छलफल भएको छ...
अमेरिकी राजदूत बेरी र प्रधानमन्त्री ओलीबीच भेटघाट

काठमाडौं– नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरी र प्रधानमन्त्री केपी ओलीबीच आज भेटवार्ता भएको छ । 

भेटघाटका क्रममा राष्ट्रपति वाइडेनका शीर्ष प्राथमिकताबारे छलफल भएको छ । नयाँ प्रशासनले विश्वव्यापी संलग्नताको मुख्य उपकरणको रूपमा कूटनीतिलाई प्रयोग गर्ने राजदूत बेरीले बताए । उनले भने, ‘राष्ट्रपति बाइडन कोभिड–१९ जस्ता साझा चुनौती समाधान गर्न अन्तर्राष्ट्रिय सहयोगमा विश्वास गर्दछन् । त्यसका लागि राष्ट्रपति वाइडेनले विश्व स्वास्थ्य संगठनमा अमेरिकाको सदस्यता पुनः सुचारु गर्नेछन् ।’

बेरीले अमेरिकी राष्ट्रपति वाइडेनले अन्तर्राष्ट्रिय संस्थासँग अमेरिकाको सम्बन्ध पुनस्स्थापना र नेपाललगायत विश्वभरका प्रजातन्त्रहरूसँगको साझेदारी पुनर्जीवित गर्ने बताए ।

प्रधानमन्त्री ओलीसँगको यो भेट नेपाल सरकार र राजनीतिक दलका नेताहरूसँग नयाँ राष्ट्रपतीय प्रशासनको विश्वव्यापी प्राथमिकताबारे छलफल गर्न राजदूत बेरीले गर्ने उच्चस्तरीय बैठकमध्ये एक हो ।

प्रकाशित मिति: १६:५५ बजे, शुक्रबार, माघ ९, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्