Kathmandu Press

प्रधानमन्त्री कपमा प्रदेश १ को पहिलो जित

काठमाडौंमा जारी प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा प्रदेश १ ले पहिलो जित हात पारेको छ ।
प्रधानमन्त्री कपमा प्रदेश १ को पहिलो जित

काठमाडौंमा जारी प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा प्रदेश १ ले पहिलो जित हात पारेको छ । यसअघिका तीनमा खेलमा कमजोर प्रदर्शन गरेको प्रदेश १ले शुक्रबार कीर्तिपुरस्थित टियू मैदानमा भएको खेलमा बल र ब्याट दुवैमा उत्कृष्ट प्रदर्शन गर्दै कर्णाली प्रदेशमाथि ५९ रनको जित निकाल्यो ।

यअसघि नै प्रतियोगिताबाट बाहिरिसकेको प्रदेश १का लागि यो जित सान्त्वना मात्र रह्यो । त्रिभुवन आर्मी क्लब, एपिएफ, कर्णाली र गण्डकी प्रदेश रहेको समूह एमा प्रदेश १ चौथो स्थनमा रह्यो । उ पहिलो खेलमा आर्मीसँग ४ विकेट, दोस्रो खेलमा गण्डकी प्रदेशसँग २ विकेट र तेस्रो खेलमा एपिएफसँग १३५ रनले पराजित भएको थियो । 

यता, प्रदेश १सँगको हारका बाबजुद पनि कर्णालीको सेमिफाइलन पुग्ने झिनो सम्भावना बाँकी नै छ । सेमिफाइनल पुग्न उसलाई अन्तिम खेलमा एपिएफलाई फराकिलो अन्तरमा पराजित गर्नुपर्ने छ । 

पहिला ब्याटिङ गर्दै प्रदेश १ले दिएको २१६ रनको लक्ष्य पछ्याएको कर्णालीले ३५ ओभरमा अलआउट हुँँदै १५६ रन मात्र बनाउन सक्यो । उसका लागि विपिन रावलले सर्वाधिक ४७ रन बनाउँदा निश्चल रावलले ३१ र कप्तान रविन्द्र साहीले १८ रन बनाए । प्रदेश १का मनिस थापाले ५ र दीपेश कँडेलले ३ विकेट लिए ।

कप्तान सिद्धान्त लोहनीले अर्धशतकीउ इनिङ खेलेपछि पहिला ब्याटिङ गरेको प्रदेश १ले निर्धारित ओभरमा ९ विकेट गुमाउँदै २१५ रन बनाए । सिद्धान्तले ९७ बल खेल्दै ९ चौकाको सहयोगमा ६६ रन बनाए । यस्तै, सुवांकर उरावले ३६ र मनिस थापाले २५ रन बनाए । कर्णालीका रविन्द्र साहीले ३ विकेट लिए भने दिनेश अधिकारी र अनुज चुनाराले समान २ विकेट लिए ।

प्रतियोगिताअन्गर्तत शनिबार टियू मैदानमा एपिएफ र कर्णली प्रदेश भिड्ने छन् भने मुलपानी क्रिकेट मैदानमा लुम्बिनी र सुदूरपश्चिम प्रदेशबीच खेल हुनेछ।

प्रकाशित मिति: १५:५७ बजे, शुक्रबार, माघ ९, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्