Kathmandu Press

बिग बासमा सन्दीपको उत्कृष्ट प्रदर्शन, टिम भने पराजित

अस्ट्रेलियन फ्रेन्चाइज क्रिकेट लिग बिग बासमा नेपाली युवा लेगस्पिनर सन्दीप लामिछानेले उत्कृष्ट प्रदर्शन गरेका छन् । शुक्रबार भएको पर्थ स्कोचर्सविरुद्धको खेलमा सन्दीपले ४ ओभरमा २७ रन खर्चेर २ विकेट लिए ।

सन्दीपले लिअम लिभिङ्सटन र मिचेल मार्सको विकेट लिएका थिए । सन्दीपले होर्बट हुरिकेन्सबाट ६ खेलमा ६ विकेट लिएका छन् । यसअघिका दुई खेलमा उनी विकेटबिहीन बनेका थिए।

सन्दीपको उत्कृष्ट प्रदर्शका बाबजुद उनको टिम होटर्ब हुरिकेन्स भने २२ रनले पराजित भयो । पहिला ब्याटिङ गर्दै स्कोचर्सले दिएको १८० रनको लक्ष्य पछ्याएको हुरिकेन्सले निर्धारित ओभरका ८ विकेट गुमाउँदै १५८ रन मात्र बनाउन सक्यो । 

उसका लागि डार्सी सर्टले सर्वाधिक ४० रन बनाए भने पिटर ह्यान्सकोम्बले ३० र टिम डेभिडले २७ रनको योगदान दिए । स्कोचर्सका जेइ रिचर्डसनले ४ विकेट लिए भने जासन बेरेन्डोफले २ विकेट लिए । 

यसअघि जोश इंग्लिसले अर्धशतक बनाएपछि स्कोचर्सले निर्धारित ओभरमा ८ विकेट गुमाउँदै १८९ रन बनायो । इंग्लिसले ३५ बलमा ४ चौका र २ चौका प्रहार गर्दै ५८ रन बनाए भने रिचर्डसनले १४ बलमा २९ रनको योगदान दिए । हुरिकेन्सका लागि नाथन इलिसले ४ विकेट लिँदा सन्दीपले २ विकेट लिए । 

१२ खेलमा २३ अंक जोडेको हुरिकेन्स छैटौं स्थानमा छ भने २८ अंक जोडेको स्कोचर्स दोस्रो स्थानमा छ ।

प्रकाशित मिति: १५:१७ बजे, शुक्रबार, माघ ९, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्