Kathmandu Press

मलेसियाबाट १७ नेपालीको शव ल्याइँदै    

काठमाडौं– राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को वाइड बडी ए३३० जहाजले मलेसियाबाट १७  नेपाली कामदारको शव नेपाल ल्याउने भएको छ । शव...
मलेसियाबाट १७ नेपालीको शव ल्याइँदै    

काठमाडौं– राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को वाइड बडी ए३३० जहाजले मलेसियाबाट १७  नेपाली कामदारको शव नेपाल ल्याउने भएको छ । शव लिन निगमको जहाज आज राति ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मलेसियाको क्वालालम्पुर उड्दै छ ।     
     
क्वालालम्पुरबाट शव लिएर वाइड बडी जहाज शनिबार बिहान ८ः४० बजे काठमाडौं अवतरण गर्नेछ । सामाजिक उत्तरदायित्वअन्तर्गत निगमले नेपालीको शव ल्याउन लागेको हो । वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा काम गर्न गएका नेपाली विभिन्न कारणले मृत्मु भएर त्यहाँ अलपत्र अवस्थामा थिए । मृतकका परिवारको पीडालाई बुझेर निगमले नाफाभन्दा पनि सामाजिक उत्तरदायित्व बहन गर्ने क्रममा शव ल्याउन लागेको निगमका प्रवक्ता करिश्मा श्रेष्ठले बताए ।    
 

प्रकाशित मिति: १४:३८ बजे, शुक्रबार, माघ ९, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्