Kathmandu Press

मंगोलियाका प्रधानमन्त्री खुरेल्सुख उख्नाले दिए राजीनामा    

उलानाबातारा–  मंगोलियाका प्रधानमन्त्री खुरेल्सुख उख्नाले पदबाट राजीनामा दिएका छन् । एक सुत्केरी र  शिशुको उपचारमा लापर्वाही भएको भन्दै आन्दोलन भएपछि उनले बिहीबार राजीनामा...
मंगोलियाका प्रधानमन्त्री खुरेल्सुख उख्नाले दिए राजीनामा    
Hardik ivfHardik ivf

उलानाबातारा–  मंगोलियाका प्रधानमन्त्री खुरेल्सुख उख्नाले पदबाट राजीनामा दिएका छन् । एक सुत्केरी र  शिशुको उपचारमा लापर्वाही भएको भन्दै आन्दोलन भएपछि उनले बिहीबार राजीनामा दिनुपरेको हो ।     
     
उनको राजीनामा बिहीबार बेलुका नै संसद्ले पारित गरेको छ । संसदमा रहेका ७६ सांसदमध्ये ९५ प्रतिशतले उनको राजीनामाको पक्षमा मतदान गरेका थिए ।     
     
कोरोना भाइरस आफ्नो देशमा भित्रिन नदिन मङ्गोलियाले गत वर्षदेखि नै नाकाबन्दीलगायतका उच्च सतर्कताका उपाय अपनाएको थियो । त्यसबीचमा पनि गत नोभेम्बरमा पहिलो आन्तरिक संक्रमण पुष्टि भएको थियो । त्यसपछि फेरि प्रतिबन्धात्मक व्यवस्थालाई थप कडा बनाइएको थियो ।     
     
कडाइ गर्दा गर्दै पनि एउटा अस्पतालमा नवजात शिशु र सुत्केरी महिलासँगै कोरोना संक्रमितलाई राखेको भिडियो सार्वजनिक भएपछि सर्वत्र विरोध भएको थियो ।  
     
विरोधसँगै आन्दोलन भएपछि गल्ती भएको भन्दै सरकारको तर्फबाट प्रहरी अधिकारीहरुले माफी माग्दा पनि आन्दोलन झन् झन् चर्किँदै गएको थियो ।     
     
 

प्रकाशित मिति: १३:२८ बजे, शुक्रबार, माघ ९, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्