Kathmandu Press

संसद् विघटनविरुद्धको मुद्दा सर्वाेच्च अदालतमा बहस सुरु

काठमाडौं, माघ ९ : प्रतिनिधिसभा विघटनविरुद्ध परेको मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासमा छैटौं दिन बहस सुरु भएको छ।प्रधानन्यायाधीश चालेन्द्र शम्शेर जबरा नेतृत्वको संवैधानिक...
संसद् विघटनविरुद्धको मुद्दा सर्वाेच्च अदालतमा बहस सुरु
Hardik ivfHardik ivf

काठमाडौं, माघ ९ : प्रतिनिधिसभा विघटनविरुद्ध परेको मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासमा छैटौं दिन बहस सुरु भएको छ।

प्रधानन्यायाधीश चालेन्द्र शम्शेर जबरा नेतृत्वको संवैधानिक इजलासमा बहस सुरु भएको हो। यस मुद्दामा आइतबारदेखि निरन्तर बहस हुँदै आएको छ।

बिहीबार निवेदक पक्षको तर्फबाट वरिष्ठ अधिवक्ता टीकाराम भट्टराई, नेपाल ल क्याम्पसका बीए एलएलबीका विद्यार्थी समृत खरेललगायतले बहस गरेका थिए। आज पनि निवेदक पक्षकै कानुन व्यवसायीले बहस गर्ने भएका छन्।

आइतबारदेखि यो मुद्दामा निवेदक पक्षकै कानुन व्यवसायीले बहस गरिरहेका छन्। संसद् विघटनविरुद्ध १३ वटा रिट परेकाले अझै पनि केही दिन निवेदक पक्षकै कानुन व्यवसायीले बहस गर्ने देखिएको छ।

उनीहरुको बहस सकिएपछि सरकारी पक्षका कानुन व्यवसायीले बहस गर्नेछन्। दुवै पक्षको बहस सुनेपछि संवैधानिक इजलासले एमीकस क्यूरीको सुझाब लिनेछ। त्यसपछि मात्रै फैसला आउनेछ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गराएका थिए। त्यसका विरुद्ध सर्वोच्च अदालतमा मुद्दा जारी छ भने राजनीतिक दल र नागरिक समाज सडक आन्दोलनमा छन्।

प्रकाशित मिति: १२:१४ बजे, शुक्रबार, माघ ९, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्