Kathmandu Press

सिकार खेल्दा बन्दुकको छर्रा लागेर बालकको मृत्यु

पाल्पा, माघ ९ :  सिकार खेल्न जाने क्रममा बन्दुकको छर्राले लागेर पाल्पामा एक बालकको मृत्यु भएको छ।रिब्दीकोट गाउँपालिका ८ दानसिङडाँडाका १३ वर्षीय लक्ष्मण...
सिकार खेल्दा बन्दुकको छर्रा लागेर बालकको मृत्यु

पाल्पा, माघ ९ :  सिकार खेल्न जाने क्रममा बन्दुकको छर्राले लागेर पाल्पामा एक बालकको मृत्यु भएको छ।

रिब्दीकोट गाउँपालिका ८ दानसिङडाँडाका १३ वर्षीय लक्ष्मण छहारीको बन्दुकको छर्रा लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी निरीक्षक लक्ष्मण पचभैयाले बताए।

सिकार खेल्न जानेक्रममा गएराति ९ बजे उनलाई छर्राले लागेको थियो। उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

उनीसँगै सिकार खेल्न गएका रैनादेवी छहरा गाउँपालिका ४ भर्माटुङ बस्ने १७ वर्षीय  ज्ञानबहादुर गाहा, १४ वर्षीय कमल राना, रिब्दीकोट गाउँपालिका ८ दानसिङडाँडाका १३ वर्षीय देवबहादुर गाहालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

 

प्रकाशित मिति: ११:३३ बजे, शुक्रबार, माघ ९, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्