Kathmandu Press

बार्सिलोना कोपा डेल रे फुटबलको अन्तिम १६ मा

बार्सिलोना कोपा डेल रे फुटबलको अन्तिम १६ मा

काठमाडौं, माघ ९ : बार्सिलोना स्पेनिस कोपा डेल रे फुटबलको अन्तिम १६ मा पुगेको छ । बिहीबार राति भएको खेलमा कोर्नेलालाई अतिरिक्त समयमा २-० ले पराजित गर्दै बार्सिलोना अर्को चरणमा पुगेको हो ।

कोर्नेलाको मैदानमा बार्सिलोनाले दुई पेनाल्टीमा गोल गर्न नसकेपछि खेल अतिरिक्त समयमा पुगेको थियो । अतिरिक्त समयमा ओसुमाने डेम्बेले र मार्टिन ब्रेथवेटले गोल गर्दै बार्सिलोनालाई जित दिलाए ।

खेलको ९२ औँ मिनेटमा डेम्बेलेले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । ११८औँ मिनेटमा अल्बर्टले रातो कार्ड पाएपछि कोर्नेला १० खेलाडीमा समेटिएको थियो । त्यसपछि खेलको १२० औँ मिनेटमा मार्टिनले गोल गर्दै बार्सिलोनालाई २-० को जित दिलाए ।

त्यसअघि खेलको ३९औँ मिनेटमा मिरालिम पाज्निकले पेनाल्टीमा गोल गर्न सकेनन् । यस्तै ८०औँ मिनेटमा डेम्बेले पनि पेनाल्टीमा गोल गर्न चुकेका थिए ।

प्रकाशित मिति: ०८:५९ बजे, शुक्रबार, माघ ९, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्