बाइडनद्वारा डब्लुएचओसँगको सम्वन्धलाई निरन्तरता
काठमाडौं, माघ ९ : अमेरिकाका नयाँ राष्ट्रपति जो वाइडेनले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) सँगको सम्वन्धलाई निरन्तरता दिएका छन् ।उनले राष्ट्रपतिको रूपमा कार्यभार सम्हालेको...काठमाडौं, माघ ९ : अमेरिकाका नयाँ राष्ट्रपति जो बाइडनले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) सँगको सम्वन्धलाई निरन्तरता दिएका छन् ।
उनले राष्ट्रपतिको रूपमा कार्यभार सम्हालेको पहिलो दिन नै आदेश जारी गर्दै डब्लुएचओसँगको सम्वन्धलाई निरन्तरता दिने निर्णय गरे । यसअघि निवर्तमान् राष्ट्रपति डोनाल्ड ट्रम्पले डब्लुएचओसँगको सम्वन्ध अन्त्य गरिएको घोषणा गरेका थिए ।
सो निर्णयको सर्वत्र आलोचना भएको थियो । बाइडनले ट्रम्पको गल्तीलाई सच्याएको रुपमा लिइएको छ । अघिल्लो राष्ट्रपतिको निर्णयलाई सच्याएकोमा डब्लुएचओका प्रमुख टेड्रोस अधानोम गेब्रेयससले धन्यवाद दिएका छन् ।
विश्वभरी स्वास्थ्य महामारी चलिरहेका बेला डब्लुएचओसँग अमेरिकाको सहकार्य अत्यावश्यक रहेको आवाज उठिरहेका बेला अमेरिकाले फेरि सम्वन्धलाई जोडेको बताएको हो ।
प्रकाशित मिति: ०७:२९ बजे, शुक्रबार, माघ ९, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
इजराइल आक्रमणपछि इरानद्वारा आणविक केन्द्र बन्दमंगलबार, वैशाख ४, २०८१
ओमानमा मौसमसम्बन्धी दुर्घटनामा १२ को मृत्युसोमबार, वैशाख ३, २०८१
सलमानको निवासबाहिर हवाई फायरिङआइतबार, वैशाख २, २०८१
इजरायलमा इरानको आक्रमण, २ सयभन्दा बढी मिसाइल प्रहारआइतबार, वैशाख २, २०८१