Kathmandu Press

छुट्टाछुट्टै ट्र्याक्टर दुर्घटनामा दुईको मृत्यु, पाँच घाइते

काठमाडौं, माघ ९ : सप्तरीको कञ्चनरूप नगरपालिकामा बिहीबार साँझ भएको ट्र्याक्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।कञ्चनरूप–११ ठेलिया टोलको नहरस्थित भित्री सडकखण्डमा...
छुट्टाछुट्टै ट्र्याक्टर दुर्घटनामा दुईको मृत्यु, पाँच घाइते
Hardik ivfHardik ivf

काठमाडौं, माघ ९ : सप्तरीको कञ्चनरूप नगरपालिकामा बिहीबार साँझ भएको ट्र्याक्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

कञ्चनरूप–११ ठेलिया टोलको नहरस्थित भित्री सडकखण्डमा प्रदेश–०२–०१–००१ त ००३२ नंको ट्र्याक्टर दुर्घटना हुँदा सोही ठाउँका १८ वर्षीय रामआशिष रामको घटनास्थलमै मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ ।

दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको ट्र्याक्टर आफैँ अनियन्त्रत भई पल्टिँदा ट्र्याक्टरमा सवार कञ्चनरूप–११ का १६ वर्षीय कृष्ण साह, ट्र्याक्टर चालक १७ वर्षीय विशाल राम, १७ वर्षीय सुनिलकुमार राम र अग्निसाइर कृष्णसवरण गाउँपालिका–२ मटिगढाका २१ वर्षीय मदन साह घाइते भएका छन् ।

शरीरका विभिन्न भागमा चोट लागेका घाइते कृष्णको अवस्था गम्भीर छ । 

यस्तै, दमौली– तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ल्युतपाखामा बिहीबार भएको ट्र्याक्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

छिम्केश्वरी आँबुखैरेनी सडकखण्डअन्तर्गत छिम्केश्वरीबाट आँबुखैरेनीतर्फ आउँदै गरेको ग १ त ३७७० नंको ट्र्याक्टर अनियन्त्रित भई पल्टिँदा ट्र्याक्टरमा सवार आँबुखैरेनी गाउँपालिका–२ अदुवाखर्कका ३६ वर्षीय केशव दर्लामीको मृत्यु भएको हो ।

प्रकाशित मिति: ०६:५५ बजे, शुक्रबार, माघ ९, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्