Kathmandu Press

मृत अवस्थामा चार जना फेला

देशका विभिन्न ठाउँमा चार जना मृत अवस्थामा फेला परेका छन् । कैलाली, भक्तपुर, रुपन्देही र खोटाङमा एक एक जना गरी चार जना मृत अवस्थामा फेला परेका हुन् । 
मृत अवस्थामा चार जना फेला

देशका विभिन्न ठाउँमा चार जना मृत अवस्थामा फेला परेका छन् । कैलाली, भक्तपुर, रुपन्देही र खोटाङमा एक एक जना गरी चार जना मृत अवस्थामा फेला परेका हुन् ।

कैलालीको घोडाघोडी नगरपालिका–१ बेलार शिविरमा बस्ने ४५ वर्षीय प्रमेश्वर चौधरी झर्नया खोलाको छेउमा बुधबार मृत अवस्थामा फेला परेका छन् । 

भक्तपुरको भक्तपुर नगरपालिका–१० महालक्ष्मी मन्दिर नजिक फोहोर फाल्ने ठाउँमा करिब ५० वर्षीया महिला बिहीबार मृत अवस्थामा फेला परेकी छन् । उनको सनाखत हुन सकेको छैन ।

रुपन्देहीको गैडहवा गाउँपालिका–२ ननौलि बस्ने ५५ वर्षीया कलावती धोबी घरबाट करिब ५ सय मिटर पश्चिम खेतमा बुधबार मृत अवस्थामा फेला परेकी छन् ।     

त्यस्तै, खोटाङ, दिप्रुङ चुइचुम्मा गाउँपालिका–६ दिउ बस्ने ४५ वर्षीय कुबेर खड्का सोही ठाउँस्थित जनसेवा माध्यमिक विद्यालयको कक्षाकोठामा बुधबार मृत अवस्थामा फेला परेका छन् । 

प्रकाशित मिति: १८:५२ बजे, बिहीबार, माघ ८, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्