Kathmandu Press

चार रुपैयाँमै चिउरा तरकारी    

व्यास नगरपालिका–१२ भड्खालास्थित मत्स्यकन्या आधारभूत विद्यालयमा अध्ययनरत शिक्षक तथा विद्यार्थीले दिउँसोको खाजा  चार रुपैयाँमै  खाँदै आएका छन् ।     
चार रुपैयाँमै चिउरा तरकारी    
Hardik ivfHardik ivf

तनहुँ–  व्यास नगरपालिका–१२ भड्खालास्थित मत्स्यकन्या आधारभूत विद्यालयमा अध्ययनरत शिक्षक तथा विद्यार्थीले दिउँसोको खाजा  चार रुपैयाँमै  खाँदै आएका छन् ।     

‘हम हाउस’ नामक एक जापनिज संस्थाले विद्यालयमा खाजा व्यवस्थापनका लागि मासिक  २५ हजार सहयोग गर्दै आएको छ । २ सय विद्यार्थी र १० शिक्षक शिक्षिकाले दैनिक खाजा खाँदा एक जनाको भागमा दैनिक  चार रुपैयाँ पर्ने गरेको विद्यालयका प्रधानाध्यापक ललित पाण्डेले बताए ।
     
भदौदेखि विद्यालयलाई सहयोग गर्दै आएपछि खाजाका लागि सहज भएको छ । प्रधानाध्यापक पाण्डेले भने, ‘खाजा पकाउने भाडावर्तनदेखि खाने प्लेट, चम्चा, गिलासलगायतका सामग्री सहयोग भएको छ ।’ बढी भएका खानेकुरा फ्याँक्नु नपरोस् भन्ने सोचका उक्त संस्थाले साथ एक थान फ्रिजसमेत उपलब्ध गराएको छ ।   

प्रकाशित मिति: १८:४६ बजे, बिहीबार, माघ ८, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्