Kathmandu Press

तेजाबपीडित दुई महिलालाई आयल निगममा रोजगारी 

नेपाल आयल निगमले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत तेजाब आक्रमणबाट पीडित दुई महिलालाई एक वर्षका लागि रोजगारी दिएको छ ।
तेजाबपीडित दुई महिलालाई आयल निगममा रोजगारी 

काठमाडौं–  नेपाल आयल निगमले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत तेजाब आक्रमणबाट पीडित दुई महिलालाई एक वर्षका लागि रोजगारी दिएको छ । तेजाब आक्रमणबाट पीडित बनेकी साविक फूलबारी गाविस–३ ओखलढुंगाकी पवित्रा कार्की र नवलपरासीकी वसन्ती परियारलाई निर्वाह खर्च उपलब्ध गराउने गरी गत पुस १६ गतेदेखि कामकाजमा लगाइएको निगमले जनाएको छ ।     

तेजाब आक्रमणबाट पीडित भई सामाजिक तथा मनोवैज्ञानिक त्रासका साथ जीवन बाँचिरहेको आक्रान्त अवस्थामा उनीहरु निगमको सम्पर्कमा आएका थिए । उनीहरुले  जीवन निर्वाह तथा नियमित औषधिको जोहो गर्न कठिनाइ भएको बेहोरा खुलाइ आफ्नो योग्यताअनुसारको रोजगारीको व्यवस्था गरिदिन अनुरोध गरी निगममा निवेदन पेस गरेका थिए ।

तेजाबपीडित दुवै जनालाई सामाजिकीकरणमा सहयोग पु¥यार्इ क्षमता विकास गर्न सक्ने अवसर जुटाइदिन  रोजगार प्रदान गरिएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए । उनीहरुलाई न्यूनतम् मासिक  २० हजार पारिश्रमिक पाउने गरी कार्यालय सहयोगीको जिम्मेवारी दिइएको उनले बताए । तेजाब पीडितलाई एक वर्षको करार गरेर काममा लगाइएको उनको भनाइ छ । 

प्रकाशित मिति: १८:१२ बजे, बिहीबार, माघ ८, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्